नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् आफ्नै भवनमा

दमौली खबर संवाददाता
दमौली, कात्तिक ५ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँको छैठौँ जिल्ला अधिवेशन तथा भवन उद्घाटन सम्पन्न आफ्ना हक र अधिकारका लागि एक भएर अगाडी बढ्नुपर्ने बक्ताहरुको भनाई
नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको छैठौँ जिल्ला अधिवेशन तथा भवन उद्घाटन कार्यक्रम  व्यास नगरपालिका १ करङकाठमा सम्पन्न भएको छ । उक्त अधिवेशनको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरले उद्घाटन गर्नु भएको थियो  । त्यस अवसरमा बोल्दै मगरले आदिबासी जनजातिहरुले आफ्ना हक र अधिकारका लागि एक भएर अगाडी बढनुपर्ने बताउनुभयो  कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु सरिता गुरुङ,  राम बहादुर  व्यास नगर उपप्रमुख इन्दिरा दरै, विभिन्न राजनैतिक दलका प्रतिनिधि लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
महासंघ तनहुँ अध्यक्ष बसुन्धरा घर्तिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सुजित हिराचन, सचिव नन्दु थापा मगर, क्याप्टेन तारालाल मल्ल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ,  लगायतले आआफ्नो मन्तव्य  व्यक्त गरको थिए । त्यस अवसरमा महासंघको नव निर्मित भवनको प्रमुख अतिथी आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ति मगरले उद्घाटन गरेका थिए । ५ आना क्षेत्रफलमा  रहेको ५ कोठ उक्त  भवन ४७ लाख ४६ हजारको लागतमा निर्माण भएको बताइएको छ ।  भवन भवन निर्माण गर्न योगदान पुरयाउने विभिन्न संस्था व्यक्तिहरुलाई त्यस अवसरमा सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button