सास्कृति संरक्षणको लागि शिव पाञ्चायन माध्यामिक विद्यालयद्धारा देउसी भैले कार्यक्रम गरिने

दमौली खबर संवादादाता
दमौली, कात्तिक ५ ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएसँगै तनहुँको शहरदेखि गाउँबस्ती सम्म देउसी भैलोको रौनक बढेको छ । तनहुँमा तिहार सुरु हुन लागेसंगै देउसी भैलो खेल्ने क्रम सुरु भएको छ । यसवर्ष तिहारमा चाडै विदा समेत हुने र लामो विदा समेत हुने भएको कारणले विभिन्न संघ संस्था क्लव तथा आमा समुहहरु देउसी भैलो खेल्न सक्रिय वनेका हुन् । तनहुँको दमौली लगायतका स्थानमा देउसी भैलोको रमझम सुरु भइसकको छ ।
तनहुँका सामुदायिक विद्यालयहरुले पनि आइतवार सस्कृतिको संरक्षण तथा विद्यालयको सहयोगार्थ देउसी भैलो खेल्ने बताएका छन् । यस क्रममा व्यास नगरपालिका–३ देउराली नगर स्थित शिवपाञ्चायन माविले आज आईतबार देउसी भैलो कार्यक्रम गर्ने भएको छ । मौलिक सस्कृतिको संरक्षण र शैक्षिक सामग्री खरीद तथा व्यवस्थापन गर्ने उद्धेश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुभक्त न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, विशिष्ट अतिथिमा व्यास नगरपालिकाका नगर प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै वडाध्यक्ष अनुप राना लगायतको सहभागिता हुने विद्यालयले जनाएको छ । विभिन्न संघ संस्थाले समेत सामाजिक उदेश्य लिएर आर्थिक संकलन गर्ने उदेश्यल लिएर देउसी भैलो खेलेका छन् । यतिबेला देशभित्र मात्रै नभएर विदेशमा समेत देउसी भैलो खेल्ने क्रम बढेको छ ।
परम्परागत कला र संस्कृतिको संरक्षण सँगै सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउने, अक्षयकोष बनाउने, धार्मिक स्थलको प्रचारप्रसार गर्ने, सामुदायिक भवन निर्माण गर्ने लगायतका उद्देश्य राखेर देउसी भैलोको आयोजना गरिएको छ ।
परम्परागत देखि आधुनिक कला संस्कृतीलाई समावेश गरेर देउसी भैलो खेलीएको छ । थाली, कौरा, सिरफुले, सालैजो जस्ता मौलीक गित तथा नृत्य समावेश गरेर देउसी भैलो खेलेका छन् । देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ । विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको जानकारहरुको भनाई छ ।
देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन दिन नहुने सर्वसाधारणले बताएका छन् । तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button