भानु नगरपालिकाको कालीमाटीमा नगर स्तरीय अस्पतालको शिलान्यास सुजन थपलिया

दमौली खबर संवाददाता

भानु, पुस २७ ।

भानु नगरपालिका वडा नं १० कालिमाटीमा बन्न लागेको नगर स्तरीय अस्पतालको ३०१ औ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठिले शिलान्यास गर्नुभयो ।

किराँतेश्वर कंट्र्सन एण्ड डिलिन कम्पनी प्रा.लिले ८ करोडमा निर्माण ठेक्का लिएको उप्त अस्पतालको शिलान्यास समारोह बोल्दै नगरप्रमुख त्रिपाठिले यस नगर स्तरिय अस्पताल निर्माण भए सगै बिरामिलेहरुले स्वास्थ सेवा लिनका लागि महँगो रकम खर्च गरेर काठमाडौं, पोखरा र नारायणगढ धाई रहनु नपर्ने बताउदै यो अस्पताल निर्माण प्रक्रिया ढिलो सुरु भए पनि अब दूत गतिमा काम अगाडि बढाउन निर्माण कम्पनी सग आग्रह समेग गर्नु भयो । नगरपालिका र आफ्नो ब्यक्तिगत तबरले जस्तो सुकै सहयोग गर्न आफू तयार रहेको बताउदै नगर प्रमुखले स्थानीय बासिन्दालाई पनि यो आफ्नै घर सम्झेत यसको निर्माण कार्यमा सक्रियता बढाउन आग्रह गर्नु भयो ।

शिलान्यास कार्यक्रममा भानु १० का वडा अध्यक्ष हरिहर उप्रेती , निवतमान अध्यक्ष गोबिन्द शिलवाल , विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयहरु ढिलै भएपनि अस्पताल निर्माण गति लिन लागेकोले खुसी लागेको धारणा राख्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button