नव ओरेण्टल बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न

दमौली खबर संवाददाता
शंकरराज नहर्की
दमौली, कात्तिक २६ गते । व्यास २ दमौलीमा रहेको नव ओरेण्टल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको  शनिवार दमौलीमा १३ औँ बार्षिक साधारणसभा  सम्पन्न भएको छ । सहकारीका ज्येष्ठ शेयर सदस्य शिवहरी अर्यालले उद्घाटन गर्दै छरिएर रहको पूँजीलाई एकिकृत गरी आर्य आर्जन  तर्फ लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैक दमोली शाखाका प्रमुख उपेन्द्र दाहाल, संस्थाका उपाध्यक्ष मनमाया श्रेष्ठ, सावित्री सुवेदी, विकल्प श्रेष्ठ, दुर्गाविलाश भट्टराई  लगायतले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रम संस्थाका अध्यक्ष सुरेशकुमार श्रेष्ठको सभापतित्वमा भएको थियो ।
कार्यक्रममा रेवत सापकोटाले कोषाध्यक्षको, प्रकाशचन्द्र हडखलेले सचिवको, सुर्जे कुमार मल्लले लेखा संयोजकको प्रतिवेदन पेश गरेको संस्थाका सुचना अधिकारी सागर खनालले बताउनु भयो  । कार्यक्रमको सहजीकरण एलोन श्रेष्ठले गर्नु भएको थियो । स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । २०६६ सालमा  २५ जना सेयर सदस्यबाट १० लाखको पूँजीबाट सुरुवात गरेको उक्त सहकारीको हाल २ सय ६ जना सेयर सदस्य र १ करोड २५ लख ७० हजार ८ सय सेयर पूँजी रहेको संस्थाका व्यवस्थापक सुदिप खनालले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button