हात चुडिएकी थापालाई कन्काइ एकेडेमीका विद्यार्थीहरुद्वारा खाजा खर्च कटाएर उपचारमा सहयोग

दमौली खबर संवाददाता
दमौली:-२३, कार्तिक । सल बेरिदा मोटरसाइकल दुर्घटनामा परी बायाँ हात चुडिएकी तनहुँको ऋषिङ गाउँपालिका १, झापुटार, बेतेनी निवासी २९ वर्षिया रेणु थापाको उपचारमा आर्थिक समस्या परेको छ । आर्थिक समस्या हुँदा उपचारमा कठिनाई हुँदँ सहयोगको याचना गरिएको छ । परिवारले सहयोगको लागि सबैलाई आग्रह गरेपछि दमौली स्थित कन्काइ ग्लोबल एकेडेमी बोर्डिङका विद्यार्थीहरु सक्रिय देखिएका छन् । कन्काइ ग्लोबल एकेडेमी बोर्डिङका विद्यार्थीहरुको समूह थापाको सहयोगको लागि जुटेका हुन् । उनीहरुले खोलेको समूह केजीए स्टुडेन्ट काउन्सिलको सक्रियतामा घाइतेका श्रीमान रामबहादुर थापालाई ११ हजार ८० रुपैयाँ हस्तान्तरण गरिएको छ । ति विद्यार्थीहरुले खाजा खर्च कटाएर उक्त रुपैयाँ घाइतेलाई सहयोग गरेको विद्यार्थी काउन्सिलकी प्रमुख कल्पना थापाले बताइन । उक्त रकम विद्यालयका संस्थापक एवं प्रबन्ध निर्देशक मिलन गोदार र थापाले पीडित परिवारलाई हस्तान्तरण गर्नुभयो  । सामाजिक जिम्मेवारी बहन गर्न पनि विद्यार्थीहरुले खर्च कटौती गरी पीडितलाई रकम सहयोग गरेका हुन । घाइते थापाको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार हुदै गइरहेको बताइएको छ । केही दिन अघि मात्रै रेणुलाई सहयोग पु¥याउन बेनीपाटन टोल विकास संस्थाले ४० हजार रुपैयाँ सहयोग गरेको थियो ।  उपचारको लागि पूर्ववनमन्त्री शंकर भण्डारी हेलिकप्टर मगाएर मद्धत पु¥याउनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button