सामुदायिक एम्बुलेन्स सञ्चालनका लागि सहयोग

सामुदायिक एम्बुलेन्स सञ्चालनका लागि दुग्ध उत्पादक सहकारी संस्थाले ५१ हजार प्रदान गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास १० ले प्रारम्भ गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागी व्यासनगरपालिका वडा नम्बर १० दुम्सी स्थित दुम्सी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले रु ५१ हजार १ रुपैयाँ सहयोग गर्ने भएको हो । उक्त सहकारीका व्यवस्थापक दयाराम शर्मालेसंस्थाको यही कार्तिक १२ गते बसेको बैठकले उक्त निर्णय गरेको र रेडक्रसले अगाडि सारेको मानवीय अभियानलाई संस्थाले अपनत्व प्रदान गर्दै बताए ।

त्यसैगरी उक्त समुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि हालसम्म अधिकतम सहयोग गर्ने ब्यास १० दुम्सी कोटका अन्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ वडा अध्यक्ष तुलसीराम सापकोटाको रोहवरमा एक समारोह बीच उक्त रकम हस्तान्तरण गरिएको छ। सोही अवसरमा उपशाखाका संस्थाका सभापति स्वर्गीय शंकर गिरी का छोरा रमेश गिरीले पनि दश हजार रुपैया अर्थ संकलन समितिका संयोजक ईश्वर पौडेललाई हस्तान्तरण गरे । त्यसैगरी अभियानलाई व्यासनगरपालिका वडा नं १० दुम्सी चौर बस्ने पूर्णबहादुर दरैले आफ्ना बुबा मान बहादुर दरै तथा आमा सन्ति माया दरैको स्मृतिमा रु ११ हजार १ सय ११ प्रदान गरेका छन् । व्यास १० दुम्सी स्थित शिवालय आमा समूहले रु ११ हजार सय ११ प्रदान गरेको छ । विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट सहयोग रकम प्राप्त हुने क्रम जारी रहेको उपशाखा सभापति राम दत्त पौडेलले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button