डायलाईसिस केन्द्र दमौली अस्पताललाई हस्तान्तरण

दमौली खबर संवाददाता
तनहुँ, कात्तिक २३,
     शत्रुघ्न मन्जु डायलासिस केन्द  दमौली अस्पतालाई हस्तान्तरण गरिएको छ  । सञ्चालन भएको सात वर्षपछि केन्द्र अस्पतालाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौंले २०७२ साल मङ्सिरमा सो अस्पतालमा डायलाइसिस सेवा सुरूवात गरेको थियो ।
बुधबार एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय मिर्गौला उपचार केन्द्रले उपकरण, कर्मचारीसहित डायलाइसिस सेन्टर अस्पताललाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्लेले अस्पतालका अध्यक्ष देवेन्द्र थापालाई स्वामित्व हस्तान्तरण गर्नु भएको थियो । दमौली अस्पताल पोखरा पछि सबै भन्दा धेरै विरामी आउने अस्पताल भएकोले विशिष्टीकृत सेवा प्रदान गर्न तत्कालै क्षमता विस्तार गर्न पर्ने अध्यक्ष थापाले बताउनुभयो  । अध्यक्ष थापाले १५ बेड क्षमताको भएकोले जिल्ला स्तरको अस्पताल नगर स्तरको पनि नभएकोले क्षमता विस्तारको लागि काम प्रदेश सरकारलाई अघि बढाउन आग्रह गर्नुभयो  । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव विश्वबन्धु बगालेले डायलाइसिस सेन्टर सञ्चालन गर्न समक्ष बनाउनेको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो  । राष्ट्रिय मृगौला केन्द्रको सहकार्यमा डायलाईसिस तालिम केन्द्र दमौली अस्पताललाई बनाउनु पर्ने बगालेले बताउनुभयो । साथै उहाँले एक डायलाइसिस मेसिन प्रदेशले दिने बताउनुभयो । पूर्वमन्त्री शङ्कर भण्डारीले प्रयासले  दमौली अस्पतालमा केन्द्र स्थापना गरिएको थियो ।
केन्द्रले सात वर्षको अवधिमा ४२ हजार ५९९ पटक डायलासिस सेवा प्रदान गरिएको केन्द्रका प्रशासन प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट हालसम्म २२८ मिर्गौलापीडितले डायलासिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलासिस गराउने मिर्गौलापीडितको सङ्ख्या ५७ रहेको छ । केन्द्रमा तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गौलापीडितले पनि डायलासिस सेवा लिइरहेका छन् । लमजुङ, गोरखा, स्याङ्जा, कास्कीका मिर्गौलापीडितले केन्द्रबाट नियमितरूपमा डायलासिस सेवा लिइरहेका पण्डितले जानकारी दिनुभयो ।  केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेका छन् । केन्द्रमा दैनिक २० जना मिर्गौलापीडितले डायलासिस सेवा लिइरहेका छन् । मिर्गौैलापीडितको चाप बढेकाले मागअनुसार सेवा दिन कठिन भएको केन्द्रले जनाएको छ ।
केन्द्रका लागि मन्जु उपाध्यायले आफ्ना स्वर्गीय पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा एक करोड सहयोग गरेका थिए भने पछि उपकरण थप गर्नका लागि २५ लाख रुपियाँ सहयोग गर्नु भएको केन्द्रले जनाएको छ । केन्द्र हस्तान्तरण कार्यक्रममा राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थली, काठमाडौं कार्यकारी निर्देशक डा. ऋषीकुमार काफ्ले र राष्ट्रिय मृगौला रोग उपचार केन्द्रलाई सम्मान गरिएको थियो । दमौली अस्पतालको सहकार्यमा राष्ट्रिय मृगौला उपचार केन्द्रद्धारा तनहुँ लगायतका यस आसपासका जिल्लाका मृगौलापीडित सेवाग्राहीलाई सेवा प्रवाहमा पु¥याएको योगदानको  कदर गर्दै सम्मान गरिएको  छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button