शुसासन समितीको प्रथम अर्धवार्षिक प्रगति प्रतिवेदन पारित

दमौली खबर संवाददाता

म्याग्दे, पुस २८

म्याग्दे गाँउपालिकाको गाँउसभाको १३ औ अधिवेशन अर्थात हिउँदे विधेयकमा ०७९।०८० को प्रथम अर्धवार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाँउसभामा समितीको संयोजक सुनिता नेपालीले पेश गरेको प्रथम अर्धवार्षिक प्रगति विवरण गाँउसभावाट सर्वसम्मत पास भएको हो ।

जसमा कानुन निर्माण तर्फ ३ वटा ऐन र १२ वटा कार्यविधि गरि १५ वटा कानुन निर्माण भएका छन् । गाँउसभा तथा कार्यपालिका वैठक नियमित संचालन भएको, वार्षिक वजेट पुस्तिका प्रकाशन, क्षमता विकास तर्फ पदाधिकारी ३९ जना र शाखा प्रमुख समित ३१ जना कर्मचारी ७० जना गरि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको विज्ञ मार्फता अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरि करार पदपुर्ति गरिएको, योजना कार्यन्वयन तथा ठेक्का व्यवस्थापन गरिएको, डिपिआर र परामर्श तर्फ चिस्यान केन्द्र डिपीआर सम्पन्न गरि ठेक्का आव्हानको लागि आशयको सुचना प्रकाशन गरि सम्झौताको अन्तिम चरणमा रहेको, माझिलाङ खानेपानीको डिपीआर अन्तिम चरणमा रहेको र केही दिनमा नै ठेक्काको सुचना प्रकाशन गरिने, विभिन्न १३ वटा घाटहरुको आई ई ई सम्पन्न गरिएको, वास प्लान सवै वडाहरुमा खानेपानी, सरसफाई फोहोर मैला व्यवस्थापन गर्ने गरि अगाडी वढेको,, वडा नं ७ मा मानवमैज्ञी भवनको डिपीआर सम्पन्न भएको छ । उपाध्यक्षसँग विदुर ग र घ वर्गको अपाङ भत्ता वितरण, अधयक्ष र यपाध्यक्षसँग युवा स्वरोजगार कार्यक्रमहरु निरन्तर रुपमा संचालन, सुत्केरी गरि वर विपन्न वर्गहरुलाई निशुल्क एम्वुलेन्स सेवा, कृषकहरुलाई दुधमा अनुदान कार्यक्रम संचालन, हलगोरु पालने कृषकलाई प्रोत्साहन स्वरुप १० हजार अनुदान कार्यक्रम प्रारम्भ गरिएको छ । एकीकृत घुम्ति शिविर सम्पन्न, भुमि वर्गिकरण कार्यक्रम अन्तर्गत कृषि तथा गैरकृषि जग्गाको वर्गिकरण सम्पन्न भएको जनाईएको छ ।

यसैगरि प्रतिवेदनमा विभिन्न विवाद समाधान, जग्गा प्राप्ती तर्फ वडा नं ३ किल्चोक सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि ९ आना २ पैसा १ दाम, वडा न. ७ मा मानवमैज्ञ भवन निर्माणका लागि ६ आना जग्गा व्यक्ति मार्फत गाँउपालिकाको नाममा निशुल्क पास गराउन सफल भएको छ ।

यसैगरि भुमिहिन दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीको निवेदन १३०३ वटा सवै ईन्ट्री सम्पन्न गरि निस्सा वितरण सम्पन्न भएको छ ।

राजश्व चुहावट नियन्त्रण, सुशासन तर्फ वार्षिक समिक्षा, वेरुजु न्युन हुने तथा वजेट प्रिज कम हुने गरि कार्य प्रारम्भ, नियमित रुपमा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, आव ०७९।०८० को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

विद्युतीय सुशासन तर्फ योजना तथा सवै कार्यक्रममा भुक्तानी सरलीकरण गर्नका लागी विद्युतिय भुक्तानी ईएफटी पुर्ण रुपमा लागु, राजश्व संकलनलाई पुर्ण रुपमा व्यवस्थित र पारदर्शी वनाउनका लागी एकीकृत राजश्व प्रणाली निरन्तर रुपमा संचालनमा ल्याईएको, पंजिकरण सम्वन्धिी विभिन्न प्रकारका घटना दर्ताहरु, डिजिटाईजेशन गर्ने कार्य सम्पन्न गरि अनलाईनवाट सेवा प्रवाह गरिएको छ ।

घरनक्सा तर्फ घर नक्साको डिजिटाईजेशन सम्पन्न, पुराना घरको घर कायम निरन्तर गरिएको, सवै घरधुरीमा घरनम्वर पप्लेट वितरण गर्ने काम सम्पन्न, सामाजिक सुरक्षा तर्फ प्रथ र दोश्रो चौमासिक सामाजिक सुरक्षा भत्ता निकासा, योजन तथा कार्यक्रम नियमित अनुगमन, शिक्षा तर्फ दिवा खाजाकोलागी आवशयक भाडा खरिद सम्पन्न र वितरण प्रारम्भ हुदै, स्थानिय पाठयक्रम निर्माण, शिक्षकको आन्तरिक सरुवा व्यवस्थापन र शिक्षक तालिम, राष्ट्रपति शैक्ष्कि सुधार अन्र्तगत ४ कोठे भवन १ र २ कोठे भवन २ वटा विद्यालय भवन निर्माण कार्यक्रम स्वीकृत भई सम्झौताको क्रममा रहेको छ ।

यसैगरि महिला तथा वालवालिका लक्षित कार्यक्रम, कृषि शाखा अन्र्तगत आकस्मिक वाली संरक्षण सेवा कार्यक्रम अन्तर्गत ५५ जना कृषकलाई करिव १२० रोपनी क्षेत्रफलको धानमा लागेको किराको नियन्त्रणको लागी विषादी वितरण गरिएको, जनकदेव प्रजातिको आलु १३,१५० किलो र एम.एस. ४८ प्रजातिको आलु ३५०० किलो गरि जम्मा १६६५० लिो आलु ५० प्रतिशत अनुदानमा वितरण गरिएको, म्याग्दे ३ कोईरालाथोकमा श्री अन्नपुर्ण महिला कृषक समुहको सहकार्यमा आलु वालीमा उन्नत प्रविधि नतिथा प्रर्दशन कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरि विभिन्न सांस्कृति संरक्षण तर्फ तिजगित प्रतियोगिता सवै वडावासी महिलालाई सरिक गराई सम्पन्न, अनय सामाजिक सस्कृति संरक्षण प्रवद्र्धन कार्यक्रम वजेट मार्फत सम्वोधन गरिएको छ । मनोवल तथा उत्प्रेरणा तर्फ विभिन्न संघसस्था व्यक्ति समुदाय, साझेदार निकाय विद्यार्थी, शिक्षक तथा कर्मचारीहरु, उपभोक्ता निर्माण व्यवसायी गरि ५१ वटा विद्या अन्तरगत विभिन्न १५० श्रष्टालाई वजेट सार्वजनिक समारोहमा सम्मान गरिएको छ ।

सेवा प्रवाह सरलीकरण तर्फ कार्यजिम्मेवारी तथा अख्तियारी प्रदान कार्यसम्पादन सम्झौता गरि कर्मचारीलाई क्रियाशिल गरिएको, फस्टकम फस्ट सर्भिस वडा र गाँउपालिका वाट सेवा प्रदान गरिएको, निशुल्क फोटोकपि सुविधा र निवेदन लेखन सहित हेल्पडेस्क व्यवस्थापन गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button