पर्यटन प्रवद्धन गर्न मानहुँमा राष्ट्रिय झण्डा

दमौली खबर संवाददाता

दमौली, पुस २८ । पर्यटकीय स्थल तनहुँको व्यास नगरपालिका–५ टिम नेपो तनहुँले ३०१ औं पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय झण्डा राखिएको छ । पर्यटन प्रवद्धन गर्ने मूख्य उद्धेश्य झण्डा गाडिएको टिम नेपोले जनाएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने, अतिथिहरु ब्यास नगरपालिका वडा नं ५ का वडा सदस्य खेम बहादुर थापा, निर्माण व्यवसायी संघ तनहुँका अध्यक्ष यज्ञ खनाल, युवा नेता तथा समाजसेवी हिरा थापा, सिद्ध युवा क्लवका अध्यक्ष प्रकाश थापा, टिम नेपो तनहुँका निवर्तमान अध्यक्ष मिन बहादुर कुँवर रहनुभएको थियो ।

विभिन्न सामाजिक सेवा (कोरोना महामारीमा सचेतना तथा खाद्यान्न सहयोग, शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण, वातावरण सरसफाई जस्ता नमुना काम गरेको भन्दै नगर प्रमुख न्यौपानेले खुसी व्यक्त गर्नु भएको थियो ।

टिम नेपो तनहुँका अध्यक्ष रवि अधिकारीले संस्थाको बारेमा बोल्दै स्थापनाकाल देखि टिम नेपो तनहुँले स्वस्थ्य शिक्षा वातावरण र युवा नेतृत्व विकासको क्षेत्रमा रहेर विभिन्न कार्यक्रमहरू गर्दै आएको र यस वर्ष पर्यटकीय क्षेत्र मानुङकोटमा नेपालको झण्डा राख्ने कार्यक्रम गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनु गर्नुभयो । उक्त कार्यक्रमका कार्यक्रम संयोजक उमेश पौडेलले यस कार्यक्रमलाई सफल पार्न आफ्नो संस्था मात्र नभई स्थानियवासीहरूले पनि साथ सहयोग गरेको कुरा जानकारी गराउनु भयो । कार्यक्रम सफल पार्नका लागि व्यास नगरपालिकाले पनि सहकार्य गरेको थियो भने स्थानिय निकाय र स्थानीयवासीको पनि महत्त्वपूर्ण भुमिका रहेको थियो । कार्यक्रममा ४२ जना व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो अवसरमा टिम नेपोद्धारा मानुङकोटको सरसफाई गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button