परिषद्को स्थापना दिवसमा फलफूल तथा मिष्ठान भोजन वितरण

दमौली खबर संवाददाता
प्राज्ञिक विद्यार्थी परिषद नेपालको २८ औं स्थापना दिवसको उपलक्ष्यमा परिषदको  फलफूल तथा मिष्ठान भोजन वितरण गरेको छ । व्यास नगरपालिका–३, दमौली स्थित व्यासगुफामा रहेको महर्षि वेदव्यास अन्न क्षेत्रमा आश्रितलाई वितरण गरेको हो ।
कार्यक्रममा व्यास गुफाका पिठाधिस शान्ति स्वरुपानन्द दामोदर बाबाले परिषद्ले प्राज्ञिक, बौद्धिक ब्याक्तित्वहरुको समुहले समाजमा भए गरेका विकृति ,विसंगति रकुरीतिहरुलाई हटाउन विभिन्न समयमा विभिन्न खाले  सचेतता , प्रेरणादायी तथा अनुकरणीय कार्यक्रम गर्नु  सबैकालागि र सधैंका लागि उदाहरणीय सेवामूलक शुभ कार्य भएको बताउनुभयो  । व्यासका अध्येता काशीनाथ न्यौपानेले प्राज्ञिक विद्यार्थी परिषदले जिल्लाका विभिन्न स्थानहरुमा भएको  आगजनीबाट पिडित ,भुकम्प तथा बाडीपहिरो बाट पिडितहरुलाई उद्दार एवम् राहत वितरण गर्दै आएको प्रति खुसी ब्याक्त गरे।
उनले नारी सुरक्षा र सम्मान भन्ने नारा दिएर मिसन सहासी कार्यक्रम अन्तरगत देशका प्रमुख शहरहरुमा  नारीहरुलाई आत्मरक्षा सम्वन्धी तालिम प्रदान गराउदै आएको  र शिक्षकहरुलाई शिक्षक संवाद एवम् शैक्षिक अन्तरक्रिया  कार्यक्रम संचालन गरेर अनुकरणीय कार्यहरु गरेको र भविष्यमा पनि निरन्तरता दिईनु पर्ने बताउनुभयो  ।  प्राज्ञिक विधार्थी परिषदका केन्द्रीय उपाध्यक्ष पुष्पराज खतिवडाले परिषद्ले विभिन्न जिल्लाहरुमा  प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो ।  साथै उहाँले  राष्ट्रको पुन निर्माणकालागि लागि असल नागरिक तयार गराउने उद्धेश्यका साथ  परिषद्ले प्रत्येक महिनाको पहिलो शनिबार  नगरसरसफाई कार्यक्रम गराउदै आएको जानकारी दिनुभयो  ।
विपन्न बर्गका विधार्थीहरुलाई स्टेशनरीका सामानहरुमा झोला, कपी, कलम, पोशाकहरु वितरण गर्दै आएको जानकारी दिनुभयो । परिषद्ले विभिन्न समयमा रक्तदान ,निशुल्क कम्प्युटर तालिम, रेडियो तालिम, मिडिया कार्यशाला गोष्ठी, छात्रा ज्ञान वतृत्वकला सम्मेलन , संस्कृति सम्मेलन ,जनजाति सम्मेलन,जस्ता कार्यक्रमहरु गर्दै आएको जानकारी दिईएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button