सञ्चारकर्मी सेन्चुरी राजनीतिक यात्रामा

दमौली खबर संवाददाता
दमौली, भदौ २२ । सञ्चारकर्मीहरु पछिल्लो समय राजनीतिक यात्रामा लाग्ने क्रम बढेको छ । यस क्रममा  चितवनको रत्ननगर नगरपालिका–१३ घर भई हाल दमौलीमा बस्नुहुने युवा सञ्चारकर्मी बिनोद सेन्चुरी पनि राजनीतिक यात्रामा अघि बढ्नु भएको छ ।
सञ्चारकर्मी सेन्चुरी पत्रकार रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भई राजनीतिमा लाग्नु भएको हो । भ्रष्ट्राचार, सूशासन रहित समाजको परिकल्पनाका साथ राजनीतिमा होमिएको सेन्चुरीले बताउनुभयो । लामो समय सञ्चारकर्म रहनु भएका सेन्चुरी सो पार्टीको चितवनको क्षेत्र नम्बर २ बाट समानुपातिका उम्मेदवार बन्नको लागि निवेदन दिनु भएको छ । पत्रकार रवि लामिछानेले आफ्नो प्राण हत्केलामा राखेर जनतालाई सूसूचित गरेर विशेषगरेर भ्रष्ट्राचार ढिलासुस्तीको भण्डाफोर गरेकाले र उहाँ त्यसलाई माया गर्ने धेरै भएकोले  देशैभरीबाट सो पार्टी प्रत्यक्ष तथा समानुपातिक दुवैमा राम्रो मत ल्याउने  अपेक्षा सेन्चुरीको छ । समानुपातिकको सूचीमा राखेर पार्टीले न्याय गर्ने विश्वास जागेको सेन्चुरी बताउनुहुन्छ ।
व्यथिति र भ्रष्टाचारले गुज्रिरहेको मेरो देश र समाजलाई अब परिवर्तन गर्न खाँचो भएको परिवर्तनको लागि राजनीतिमा लागेको सेन्चुरी बताउनुहुन्छ । सेन्चुरी दमौली एफएमको कार्यक्रम प्रस्तोता हुनुहुन्छ । उहाँ राष्ट्रिय दलितपत्रकार मञ्चको सल्लाहकार हुनुहुन्छ । यस्तै उहाँ नेपाल स्त्रतन्त्र पत्रकार संघकोको सचिव हुनुहु्न्छ । सञ्चार क्षेत्रमा उहाँको योगदान र स्थानीय निकाय क्षेत्रमा उहाँको खबरदारी मुलक कार्यक्रमले धेरैको मन जिप्ने गरेको छ । जुझारु युवा सेन्चुरी समाज परिवर्तनको संवाह राजनीति भएको र नेताहरु गलत हुँदा जनताको समस्याहरु ज्यूँका त्यू भएकोले समाधानको लागि राजनीतिको बाटो संगालेको सेन्चुरीको भनाई छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button