नेपाली लेखक संघ तनहुँले लोकतन्त्रका पहरेदार भट्टराईलाई जिताउन आग्रह

दमौली खबर संवाददाता

दमौली, वैशाख ५

नेपाली लेखक संघ तनहुँको दोस्रो बैठक विपि स्मृति भवन दमौलीमा सोमवार सम्पन्न भएको छ । त्यस अवसरमा नेपाली कांग्रेृस व्यास नगर सभापति सूर्यचन्द्र हडखले लामो त्याग र बलिदानले ल्याएको प्रजातन्त्र र लोकतन्त्रको संरक्षणका लागि पनि कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनुपर्ने बताए । नेपाली लेखक संघका केन्द्रिय सदस्य गौकुमारी न्यौपानेले इमान्दारपूर्वक सन्त एवं अर्थशास्त्री नेता गोविन्द भट्टराईलाई मतदान गर्न पर्ने बताइन् । नेपाली लेखक संघका केन्द्रिय प्रतिनिधि कमलामोहन वाग्लेले समय अनुकुल पार्टीका नेता तथा कार्यकर्ता बदलीनुपर्नेमा जोड दिदै देशमा सुशासन र भ्रष्ट्राचारको अन्त्यका लागि पनि लोकतान्त्रिक पार्टिलाई साथ दिनुपर्ने बताए । कार्यक्रमममा गोविन्द भट्टराईका धर्मपत्नी प्राध्यापक रामेश्वरी भट्टराई, नेपाली लेखक संघका कोषाध्यक्ष श्रीकान्त घिमिरे, सदस्यहरु कल्पना आचार्य, भवानी अधिकारी खनाल, सन्तार मिया, महेन्द्रराज शर्मा, चक्र बहादुर अधिकारी, लगायतले आ–आफ्नो मन्तव्य राखेका राख्नु भएको थियो ।

नेपाली लेखक संघ तनहुँका अध्यक्ष शंकरराज नहर्कीको सभापतित्वमा सम्पन्न उक्त बैठकले आगामी बैशाख १६ गते शनिवारका दिन नेपाली लेखक संघको स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि सभ्यरुपमा मनाउने निर्णय भएको संघका सचिव अञ्जना तिमल्सेनाले बताउनुभयो

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button