पर्यटन प्रबद्धन गर्न निर्बु वाराहामा आकषर्ण निर्माण मन्दिरको मन्त्री विकद्धारा उद्घाटन

दमौली खबर संवाददाता
दमौली, मंसिर २१ । ओझेलमा परेको व्यास नगरपालिका–११ निर्वु स्थित निर्बु वाराह मन्दिरको पर्यटन प्रवद्धनको लागि स्थानीय वासिन्दा जुरुमुराएका छन् । छाब्दी वाराहकी बैनी भएर पनि निर्बु वाराहामा चर्चामा नआएपछि स्थानीय वासिन्दा जुरुमुराएर मन्दिर निर्माण गरिएको छ ।
स्थानीय वासिन्दाको सक्रियता मन्दिर निर्माण गरिएको हो । नव निर्मित मन्दिरको गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्रीे डोवाटे बिश्वकर्माले उदघाटन गर्नु भयो । सो अवसरमा मन्त्री यो स्थान ओझेलमा परेकाले पर्यटकीय पूर्वाधारहरु निर्माण गर्न आवश्यक ठानेर मन्दिरको निर्माण कार्यको लागि बजेट निकासको लागि मद्धत गरेको बताउनुभयो । साथै उहाँले धार्मिक पर्यटनको क्षेत्रको रुपमा विकास गरी आन्तरिक एवं बाह्य पर्यटक भित्राएर आर्थिक क्षेत्रमा सवल र नमुना पर्यटकीय स्थल बनाउन सबैजना जुट्नु पर्ने बताउनुभयो । संविधान सभासदस्य रामचन्द्र पोख्रेलले आर्कषण बराहा मन्दिर निर्माण गरेर वडालाई थप पहिचान दिन राम्रो  कार्यको शुरुवात भएको बताउनुभयो  ।
नव निर्वाचित गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले धार्मिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि मन्दिर परिसर क्षेत्रमा वनभोज स्थल बनाएर आर्कषण गराउन आवश्यक रहेको बताउनुभयो । प्रदेश सरकारको तर्फबाट हुने सहयोग प्रदान गर्ने प्रतिबद्धता उहाँले गर्नुभयो । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय वासिन्दा जुटेर प्रवद्धन लागेको खुसी व्यक्त गर्दै नगरपालिकाको तर्फबाट सहयोगहरु प्रदान गरेर पर्यटकीय प्रवद्धनमा सहयोग पु¥याउने बताउनुभयो । कूल ४२ लाख ९१ हजार १७० रुपियाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको निर्वु बराहा खोला बराहा मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङले उद्घाटन कार्यक्रममा जानकारी दिनु भएको थियो । मन्दिर निर्माण कार्यमा गण्डकी प्रदेशबाट रु.१५ लाख ७२ हजार ४३८,चन्दादाताबाट ११ लाख ३० हजार ७३२, संघीय सरकारबाट रु.सात लाख ५५ हजार ,व्यास नगरपालिकाबाट  छ लाख ९५ हजार र वडा नम्बर ११ बाट रु. ५१ हजार गरी कूल ४२ लाख लाख ९१ हजार १७० रुपियाँमा निर्माण गरिएको सचिव गुरुङले बताउनुभयो  । उक्त बराहा मन्दिर स्थानीय मूर्तिकार बिरु गणेशले करिब दुई महिना अवधि लगाएर बनाएको बताउनुभयो  । उक्त मूर्तिको एक लाख ५० हजार मूल्य खर्चेर मन्दिर संरक्षण समितिले जनाएको छ ।
       मंन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो ।  कार्यक्रममा सहायक प्रजिअ काशिराम गैरे,नेपाली काँग्रेस पूर्व जिल्ला सचिव समुन्द्र गोदार, नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रामहरि बजगाई, नेकपा एसका जिल्ला सचिवालय सदस्य मंगलप्रसाद श्रेष्ठ, व्यास १० का वडाध्यक्ष खेमराज पोख्रेल,व्यास ११ का दलबहादुर दुरा,पूर्व वडाध्यक्ष निरबहादुर खड्का, नेका व्यास नगर उपसभापति शोभा बडु, नेका व्यास ११ का वडा सभापति देवबहादुर थापा लगायतका वक्ताहरुले मन्दिर निर्माण कार्यको प्रशसा गर्दै भविश्यमा पनि पोखरी निर्माण लगायतका कार्यमा जुट्न उपयुक्त हुने कुरामा जोड दिनु भएको थियो । मन्दिर उद्घाटन कार्यक्रममा पञ्चबली दिईएको थियो । मनोकाक्षा पुरा हुने विश्वासमा यस मन्दिरमा भक्तजनहरु आउने गर्दछन् । सो अवसरमा मन्दिर निर्माण कार्यमा मद्धत पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button