अनलाईन कक्षा नसके भौतिक रुपमै पठनपाठन

दमौली खबर सम्वंददाता
भदौ ०९,दमौली । 
जिल्लाको व्यास नगरपालिकाले अनलाईन कक्षा सञ्चालन हुन नसकेमा भौतिक रुपमै पठनपाठन सुचारु गर्ने तयारी गरेको छ । मंगलबार बसेको नगर कार्यपालिका बैठकले एउटा कक्षमा २५ जनासम्म रहने गरी विद्यालयमा प्रत्यक्ष कक्षा चलाउने व्यवस्था मिलाउन जिल्ला जोखिम व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले भाद्र १३ बाट अनलाईन कक्षा सञ्चालन गर्न नसक्ने विद्यालयलाई भौतिक रुपमै कक्षा चलाउने तयारी थालेको छ । त्यस्तै बैठकले व्यासका वडा नं ६ र १० देखि १४ वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत प्रस्तावित कार्यहरु गर्न २५ लाख रकम विनियोजन गरेको नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । नगरभित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलालाई उद्यमशीलता अनुदान उपलब्ध गराउने भएको छ । अनुदान पाउनको लागि आवश्यक कागजात सहित भद्रौ महिना भित्रमा वडामाको सिफारिस सहित प्रस्ताव पेश गर्न सूचित गरेको छ । नगरपालिकाले वडाको सिफारिसका आधारमा विप्तबाट असर पुगेका लभग्राहीलाई राहत उपलब्ध गराउने कार्य भईरहेको र बाँकीलाई समेत सहयोग उपलब्ध गराउने भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button