सबै पार्टी मिलेर देश बनाऔं

दमौली खबर संवाददाता

नेपाल विकास धेरै पछि परेको मुलुक हो । हाम्रो देशमा प्रशस्त मात्रामा सभ्भावना भएको भए पनि नेताहरु विकासको साझा अवधारणा बनाउन नसकेकाले देश पछि हुनुको मूख्य कारण हो । विकास जुन मात्रमा हुनुपर्ने हो सो अनुसारको नहुँदा जनतामा निराश छाएको छ । सभामूखले शनिबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताको बैठक ठाक्नु राम्रो काम हो ।समय तीन राजनीतिक दलका नेताबीचमा सामूहिक विषयमा कुराकानी हुन नसकेको अवस्थालाई मध्यनजर गर्दै बैठक हुनु खुसीको कुरा हो । सभामुखले नेताहरुको बीचमा पछिल्लो समय कुनै सामूहिका विषयमा कुराकानी हुन नसकेको र आज सामान्य कुराकानी गराउने प्रयास भएको बताउनुभएको छ । सभामुखको सभाकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच छलफल हुनुलाई सकरात्मक कुरा हो । यस्ता भेटघाट तथा छलफल देशलाई निकासा दिन मद्धत पुग्दछ । सत्ता साझेदार दल परिवर्तन हुँदा दलहरुबीच तिक्तता बढेको थियो । सरकार जुन भएपनि राम्रो कामलाई साथ र सहयोग गर्नु पर्दछ । नराम्रोलाई बिरोध गर्ने र राम्रोलाई साथ दिनु उपयुक्त कदम हुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button