-**दुई मुक्तक**-

दुई मुक्तक
सुचिता काफ्ले

आज यस्तो भोली खै कस्तो छैन केही भर
दया मायाको भावना देखाउन नभाग्नु पर
बाटो छोडी बाहिर हिड्दा घोच्च काँडाले पनि
पाप र धर्म त पक्कै छ हजुर मान्नु पर्छ डर

यस्तो लाग्छ कहिलेकाही त यो मानव जिन्दगानी
ठान्न सके अमुल्य उपहार हो नत्र कर्कलाको पानी
परोपकार गर्न सकूँ मन मिठो बचन र कर्मले सधैं
सके सम्म फाईदा होस नहोस कसैलाई पनि हानी

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button