जन्मदिनमा बालगृहलाई खाद्यन्न सहयोग


दमौली
व्यास नगरपालिका वडा ६ निवासी युवा व्यवसायी सुरेश श्रेष्ठले आफ्नो जन्मदिनमा बालगृहलाई खाद्यन्न सहयोग गरेका छन् । दमालीको व्यास १० बैरेनीमा रहेको उज्यालो घरमा श्रेष्ठ आफ्नो २७ औं जन्मदिन बालबालिका संग मनाउदै बालगृहलाई खाद्यन्न उपलब्ध गराएका हुन् । उनले बालगृहमा करिब १५ हजार बराबारको चामल, तेल, दाल आदि सामग्री उज्याले घरमा संस्थापक सागर घिमिरेलाई सोमबार हस्तान्तरण गरेका हुन् । श्रेष्ठले भने “ हामीले जन्मदिनमा फजुल खर्च गर्छै । यही फजुल खर्च रोक्न सन्देश मिलोस भनेर सहयोग गरेको हु । यसरी सहयोग गर्दा मनमा छुट्टै खुसी महशुस हुदो रहेछ । हामी सबैले आफ्नो जन्मदिन अरुलाई सहयोग गरेर मनाउनु पर्छ ” ।

आफ्नो बालगृहमा आएर जन्नदिन मनाउदा आफुमात्र नभएर बालगृहमा रहेका बाबुनानि पनि खुसि भएको बालगृहको संस्थापक घिमिरेले बताए । श्रेष्ठ व्यास ३ मा दमौली बेकरी संचालन गरिरहेका छन् । श्रेष्ठका अर्का व्यावसायी पाटर्नर सुरज श्रेष्ठको योजना र सहकार्यमा उक्त खाद्यन्न सहयोग कार्यक्रम भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button