रोपाईसँगै हिलो खेलेर मनाईयो धान दिवस

दमौली खबर संवाददाता
तनहँुको शुक्लागण्डकी नगरपालिका ६ खैरेनीकुनामा असार पन्द्रको अबसरमा धान दिवस मनाइएको छ । दरगाउँ कालिका कृषी तथा शहकारी संस्थाले कृषि ज्ञान केन्द्र तनहुँको सहकार्यमा खैरेनीकुना फाँटमा पहिलोपटक रोपाई महोत्सव गरिएको हो । रोपाईमा स्थानीय बासिन्दासँगै जिल्ला समन्वय समिीत तनहुँका प्रमुख शान्तिरमण वाग्ले र कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले हल गोरु समाएर खोप लगाउन थाले । गण्डकी प्रदेश सभा सदस्य आशा कोईराला र जिसस उपप्रमुख पवित्रा पौडेल लगायत जनप्रतिनधीले हरियो धानको विउ दबदबे हिलोमा छुपु छुपु रोपे । उनीहरुले गीत गाउने, नाच्ने, हिलो खेल्ने र धान रोप्ने काम गरे ।

प्रदेश सभा सदस्य कोईरालाले कृषि प्रधान देश भएकोले असार पन्ध किसानले मानो खाएर मुरी फलाउने दिनको रुपमा बर्षौदेखि मनाईदै आइएको बताईन् । किसानलाई मल र बीउ समयमा उपलब्ध गराउने, प्रविधिको उचित व्यवस्थापन गर्ने र अधिकतम उत्पादनमा लगाउनु पर्ने उनले सुझाव समेत दिईएकी थिईन् । कार्यक्रममा जिल्ला समन्वय समिति तनहँुका प्रमुख वाग्लेले मानिस जन्मेदेखि मृत्यु पर्यन्त धान चामलको आवश्यकता पर्ने भएकोले धान दिवसको महत्व बढी भएको उनले बताए ।

कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्र प्रमुख तिवारीले कृषि पेशालाई व्यवसायिक बनाउने र राज्यले किसानको समस्या समाधानमा भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । असार पन्ध्रलाई राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने उनीहरुको भनाई थियो । हरेक बर्ष असार १५ लाई धान दिवसको रुपमा मनाइने गरिन्छ । यो बर्ष छिट्टै मनसुन सुरु भएपछि किसानको बिउ तयार नभएपछि रोपाइ ढिला भैरहेको तिवारीले बताए । केही दिनपछि भने रोपाइको प्रतिशत ह्वात्तै बढ्ने समेत जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button