गाँउका बाटोमा खसेका पहिरो अझै हटेन

दमौली खबर
पछिल्लो साता लगातार परेको भिषण बर्षाले तनहुँमा ठुलो धनजनको क्षति भएको छ । पहिरोमा परि दुई जनाले ज्यान गुमाएका छन् भने १३ जना घाईते भए । जिल्लाका १० वटै पालिका बाढी पहिरोबाट प्रभावित छन् । सबै पालिकामा ग्रामिण सडक अबरुद्ध हुदाँ सर्वसाधरण मारमा परेका छन् । बिरामीलाई बोकेरै अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा दैनिक उपभोग्य बस्तुको ढुवानी हुन सकेको छैैन् । किसानले उत्पादन गरेको कृषि उपज बजार पु¥याउनलाई सकस भएको छ । पृथ्वीराजमार्गको पहिरो तत्कालै हटाएर सडक सुचारु भएपनि जिल्लाको अधिकांश ग्रामिण सडक अझै अबरुद्ध छन् । ठाउँ–ठाउँमा ट्रयाक नै नरहने गरी सडक भासिएको छ ।

सडक माथीबाट खसेका बडेमानका पहिरोको थुप्रोले सडक वारपार गर्न सक्ने स्थिती छैन् । सवारी साधनको त के कुरा पैदलयात्री हिँड्न नमिल्ने गरी पहिरो झरेको छ । क्षतविक्षत भएर सडक अबरुद्ध हुदाँ ग्रामिण बस्ती यातायात सञ्जालबाट बञ्चित बन्नु परेको छ । बाढी पहिरोले बन्दीपुर गाउँपालिकामा सबैजसो सडक अबरुद्ध भएको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिईन् । उनका अनुसार यहाँका मुख्य डुम्रे–बन्दीपुर, बन्दीपुर–ढाँखोला, बन्दीपुर–धरमपानी लगायतका सबै सडक अबरुद्ध बनेका छ । गाउँपालिकाले शुक्रबारदेखी नै पहिरो हटाउन सुरु गरेको थियो । शनिबारदेखी गाउँपालिकाको केन्द्र जाने डुम्रे–बन्दीपुर सडक भने एकतर्फी सञ्चालनमा ल्याउन सफल भएको उपाध्यक्ष गुरुङले बताईन् । ‘ठाउँ–ठाउँमा पहिरो खसेको थियो ।

शनिबार देखि एकतर्फी हिँड्न मिल्ने गरी बाटो खुलाएका छौँ’, उनले भनिन्, ‘पुर्ण रुपमा सुचारु हुन अझै समय लाग्ला ।’ सडक अबरुद्ध हुदाँ बन्दीपुरका ग्रामिण बस्तीका जनता बिरामी भएको खण्डमा राजमार्गसम्म बोकेर ल्याउनुपर्ने परिस्थिती सिर्जना भएको उपाध्यक्ष गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘वडाका मुख्य सडकलाई खुलाउने काम भईरहको छ । सुत्केरी हुने महिला, बिरामीलाई असहज नहोस् भनेर कम्तीमा पनि एम्बुलेन्स चलाउन मिल्ने गरी सकड खुलाउन प्रयासमा छौँ’, उनले भनिन्, ‘शाखा सडक खुलाउन त केही समय लाग्नेछ । बन्दीपुरवासीले २२ बर्ष पछाडी सबैभन्दा ठुलो बाढी पहिरोको सामना गर्नुपरेको उनको भनाई छ । बाढी पहिरोले बन्दीपुरमा सडकसंगै सञ्चार, खानेपानीको पनि समस्या रहेको छ ।

घिरिङ गाउँपालिकाले पनि पहिरो खुलाएर मुख्य–मुख्य सडक सुचारु गरेको अध्यक्ष रनबहादुर रानाले बताए । ‘पहिरो खुलाउदै जान्छौँ । बर्षा निरन्तर भएकाले फेरी पहिरो खस्ने समस्या छ’, उनले भने । तत्काल अतिआवश्यक सडकको मात्र पहिरो हटाउने काम भईरहेको उनले बताए । ‘शाखा सडकमा बर्षा रोकिएपछि पहिरो हटाउने योजनामा छौ’, उनले भने । अध्यक्ष रानाका अनुसार गाउँपालिकामा स्तरोन्नती गर्नका लागी चक्लाईएको सडकमा धेरै पहिरो झरेका छन् । शुक्लागण्डकी नगरपालिकाले पनि अबरुद्ध सडक खुलाउन थालेको छ । शनिबार तनहुँ र स्याङजा जोड्ने ढोरबाराही मोटरमार्गको पहिरो हटाएर सडक खुलाएको प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदी बताए ।

यो सडक खुलेपनि मान्द्रेदेखी छब्दी खण्डमा पहिरोको जोखिम कायमै रहेको उनले बताए । सडकको ट्रयाक नै नरहने गरी पहिरोले सडकलाई क्षतविक्षत बनाएको थियो । अत्वाश्यक र सम्भव भएका सडक पहिरो खस्ने वित्तिकै पनि खुलाईएको उनको भनाई छ । नगरको केन्द्रलाई ग्रामिण बस्तीसंग जोड्ने दुलेगौँडा–हर्कपुर, लालध्वज, दुलेगौँडा फिरफिरे, ढोरबाराही लगायतका मुख्य मोटर मार्गमा पहिरोले क्षति भएको छ । गाउँ–गाउँ जोड्ने सडक तत्कालै खुलाउन सकिने अवस्था छैन् । मुख्य सडक खुलाउने प्रयासमा रहेको नगरपालिकाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button