बाढीपहिरो प्रभावितलाई तनहुँ रेडक्रसको सहयोग

दमौली खबर संवाददाता
केही साता अघि आएको भिषण बर्षाले तनहुँमा ठुलो धनजनको क्षति भएको छ । पहिरोमा परि जिल्लामा दुई जनाको मत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बाढीले बगाएका एक वृद्ध अझै फेला पार्न सकिएको छैन । बाढी पहिरोको कारण जिल्लामा झण्डै ६० घर परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट प्रभावित भएकालाई नेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले सहयोग गर्न थालेको छ । यस वर्ष बाढी पहिरोबाट बन्दिपूर गाँउपालिकामा ठुलो धनजनको क्षति पुराएको छ ।

पहिरोबाट प्रभावित भएका गाँउपालिका एक सय ३३ घर परिवारलाई रेडक्रसले राहत सँगै तत्कालको लागि आवश्यक पर्ने सामाग्री वितरण गरेको छ । गाँउपाकिला अध्यक्ष पूर्णसिं थापा र रेडक्रसका जिल्ला कोषाध्यक्ष शुकुमलाल गुरुङको सक्रियतामा राहत सामग्री वितरण गरिएको हो । गुरुङका अनुसार पालिका भित्रका ५० घरधुरीलाई त्रिपाल, कम्बल, वाल्टिन, लत्ताकपडा, डोरी सहितको पूर्ण राहत सामग्री र ८२ घरधुरीमा त्रिपाल र कम्बल वितरण गरिएको छ । पहिरो गएको २४ घण्टा भित्र गरिएको दुत्र सवेक्षण गरि उक्त साम्रगी वितरण गरिएको उनले बताए ।

त्यस्तै भिमाद नगरपालिकाका १ प्रभावित घरधुरी, व्यासमका ५ घरधुरी्म्या ग्दे गाउँपालिकाका ३ घरधुरीलाई राहत सामग्री वितरण गरिएको शाखाकी मन्त्री चिनु पोख्ररेलले बताईन् । बाढी पहिरोबाट प्रभावित क्षेको स्थलगत निरिक्षण गर्न, तथा राहत सहयोग गर्नको लागी शाखाका सभापती कृष्णहरी वाग्ले, उपसभापती ऋषिराम पोख्रेल, संस्थाका कर्मचारीहरु तथा सम्वन्धित उपशाखाको स्वयमसेवक गएको मन्त्री पोख्ररेलले बताईन् । विपतको बेला रेडक्रस साथी रहेको बताउदै उनले विपदको समयमा सधै रेडक्रस अग्रपंत्तीमा रहेर काम गर्ने बताईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button