विद्यार्थीले बुझे नयाँ किताब, विद्यालय खुल्ने टुङ्गो छैन

दमौली खबर संवाददाता
कक्षा ५ उत्तिर्ण गरेर ६ मा भर्ना हुन विद्यालय पुगेका व्यास ६ वादीका रमेश कुवंर झोलाभरी नयाँ किताब बोकेर घर फर्किए । ईन्दु माध्यमिक विद्यालयमा भर्ना भएर रमेशले झोलाभरी किताब पाउँदा दंग परे । तर, कहिलेदेखि विद्यालयमा पढाइ हुन्छ यसको कुनै ठेगान छैन । ‘किताब पाइयो । स्कूल जान कहिले पाइने हो’ विद्यार्थी उनले भने, ‘छिटो यो महामारी सकियोस, अनि विद्यालय जान पाइयोस ।’
तनहँु जिल्ला भित्रका सामुदायिक तथा निजी विद्यालयले असार १ गते देखि विद्यार्थी अभिलेखिकरण र उपलब्ध पाठ्यपुस्तक वितरण गर्न सुरु गरेका हुन् । सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको आधारमा निःशुल्क पाठ्यपुस्तक वितरण पनि सुरु गरिएको छ ।

‘विद्यार्थीको अभिलेखिकरण गर्ने काम र पाठ्यपुस्तक वितरणको काम सँगसँगै थालेका छौँ’, विद्यालयका प्रधानाध्यापक रामकाजी श्रेष्ठले भने, ‘स्वास्थ्य सावधानी अपनाएर विद्यार्थी भर्ना गर्ने र पाठ्यपुस्तक वितरणको काम गरिरहेका छौँ ।’ भर्ना सँगै विद्यार्थीहरुलाई निःशुल्क रुपमा नयाँ पाठ्यपुस्तक वितरणको काम थालिएको हो । जिल्लाका १० वटै स्थानीय तह अन्तर्गत सबै जसो विद्यालयमा विद्यार्थी अभिलेखिकरण गर्ने र पाठ्यपुस्तक वितरणको काम गरिएको छ । यस भन्दा अघि वैशाख १ गते बाट नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो ।

तर, यस वर्ष कोभिड–१९ का कारण सरकारले २ महिना ढिलो असार १ गते बाट नयाँ शैक्षिक सत्र सुरु गरेको हो । नियमित पठनपाठन कहिलेदेखि हुने भन्नेमा अन्यौल छ । विद्यालयल आन्तरिक मूल्यांकनको आधारमा अघिल्लो शैक्षिक सत्रको नतिजा निकालेर भर्ना अभियान सुरु गरिसकेका हुन् । व्यास नगरपालिका शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीका अनुसार निःशुल्क पाठ्यपुस्तकको लागि सामुदायिक विद्यालयमा पूर्ण प्रतिशत रकम निकासा गरिएको छ । निःशुल्क पाठ्यपुस्तकको लागि ५७ लाख २६ हजार ८ सय ३७रुपैयाँ विद्यालयमा पठाइएको हो । विद्यार्थी भर्ना अभिलेखिकरण असार १ गतेदेखि गर्न शिक्षा मन्त्रालयको निर्देशन थियो ।

भर्ना सँगसँगै जिल्लाका केही विद्यालयले अनलाईन कक्षा पनि सुरु गरेका छन् । तर ग्रामीण भेगमा रहेका विद्यालयले अनलाईन मार्फत पठनपाठन सुरु गर्न सकेका छैनन् । सामुदायिक विद्यालयमा भर्ना हुने क्रम बढ्यो कोरोना महामारीका कारण आर्थिक मन्दि छ । अभिभावकहरुले आफ्ना सन्तानलाई जेनतेन निजी स्कूलमा भर्ना गरेर पठनपाठन गराउने गर्छन् । तर, यसपाली कोभिड–१९ ले गर्दा अभिभावकहरुको आम्दानी घटेको छ । जसको असर विद्यार्थी भर्नामा देखिएन थालेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button