अनुदान वितरणका घर घरमा पालिका

दमौली खबर संवाददाता
म्याग्दे
स्थानिय तह उद्घाटन र वार्षिकत्उसवमा अल्झिरहदाँ म्याग्दे गाँउपालिका भने जनताको घर घरमा पुगेको छ । म्याग्दे गाँउपालिकालाई उत्पादन र कृषिमा आत्मनिर्भर वनाउने योजनाका साथ व्यवासायिक कृषकलाई अनुदान उपलव्ध गराउन पालिका जनताको घरघरमा पुगेको हो ।
म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्रका दर्ता गरेर व्यवसाय गरेका कृषकको व्यवसायको अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितीका संयोजक घिमिरे, सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले पालिकाकाले व्यवसायिक कृषकका लागी अनुदान माग गरेको फर्मको अनुगमन तथा निरिक्षण गरेको हो ।
म्याग्दे गाँउपालिका वडा नं ६ को मन्धरा कृषि तथा पशुफर्मका संचालक मन्धरा आले दंग परे । पालिकाका प्रमुख, उपप्रमुख सहितको टोली एक्कासी आफनो घरमा देखेर छक्क परेका मन्धरा पालिकाले आफनो फर्मको अनुगमन तथा निरिक्षणका लागी आएको वताएपछि खुशी व्यक्त गर्नुभयो । कृषकको समस्या सुन्न पालिका नै घर आएपछि भएभरका समस्या सुनाए । पालिकाले व्यवासायिक कृषकका लागी अनुदान दिने सुनेर आवेदन दिएको थिए, तर पालिका नै घर आएर वस्तुस्थिती वुझन आउँदा पालिका जनताप्रति उत्तरदायी भएको पाए, आलेले वताउनुभयो ।
म्याग्दे गाँउपालिकाले अनुदानका लागी व्यवसायिक कृषकलाई अनुदानका लागी निवदेन दिन आग्रह गरेसँगै कृषकले अनुदान माग गर्दे दिएको निवेदनको अनुगमन गरेको हो । पालिकाले व्यवसायिक कृषकका लागी यस आर्थिक वर्षमा वोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागी, गोठ खोर निर्माणका लागी ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित वजेट वाट कृषकलाई अनुदान वितरण गर्न लागीएको अनुगमन समितीका संयोजक वालकृष्ण घिमिरेले वताउनुभयो ।
अनुगमनका क्रममा जुठी कृषि तथा पशु फर्म म्याग्दे ६ तुरतुरे, विष्णु कृषि तथा पशु फर्म म्याग्दे, ६, मन्दरा कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म, लाङघाली कृषि तथा पशु फर्म सिस्नेरी लगायतको फर्ममा पुगेर कृषकका धारणा सुनेका थिए । सो क्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समृद्ध म्याग्दे वनाउनका लागी उत्पादन र कृषिमा जोडिन आवश्यक भएको वताउनुभयो  । जवसम्म उत्पादन हुदैन, तवसम्म विकास र समृद्धि हुन सक्दैन, यसका लागी पालिकाले व्यवासायिक कृषकलाई अनुदानको व्यवस्था गरेको हो । अगामी आर्थिक वर्षमा यसको दायरा वृद्धि गरेर उत्पादनमा जोडिनका लागी प्रेरित गर्दछौ, अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
अनुगमनको संयोजक वालकृष्ण घिमिरेले कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागी फर्म अनुगमनमा आएको वताए । उत्पादित वस्तुको वजारीकरणका सम्वन्धमा पनि पालिकाले चाडै नै धारणा वनाउने वताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button