बन्दिपूर धरमपानीको गुरुङ परिवार शोकमा

दमौली खबर संवाददाता
नेपाली काँगे्रस तनहँुकी सक्रिय सदस्य माया गुरुङ्गको निधन भएको छ । जिल्लाको बन्दिपूर गाँउपालिका वडा नं ६ धरमपानीकी गुरुङको ७५ वर्षको उमेरमा निधन भएको हो । उनको निधन प्रति काँगे्रसका नेताहरुले दुख व्यक्त गरेका छन् । यसैबीच नेपाली काँगे्रसका पूर्वसह महामन्त्री गोविन्दराज जोशीले पनि गुरुङको निधन प्रति दुख व्यक्त गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेता जोशीले सामाजिक संजाल मार्फत धरमपानिमा नेपाली काग्रेसको संगठन मजवुद बनाउन गुरुङको ठुलो भूमिका रहेको स्मरण गरे ।

शनिबार निधन भएको गुरुङको छोरी केसु गुरुङ नेपाली काँगे्रसका क्षेत्रीय प्रतिनिधि एवम् विपि विचार समाज तनहुँकी सदस्य पनि हुन् । केसु गुरुङलाई परेको मातृ शोक प्रति विपि विचार समाज तनहँुले पनि गुरुङको निधन प्रति दुख व्यक्त गरेको छ । शनिबार भएको गुरुङको असामयिक निधनले विपि बिचार समाज तनहुँ अत्यन्त मर्माहत र दुखित तुलाएको समाजले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button