शक्ति सन्तुलनको लागि राष्ट्रपति कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई

दमौली खबर संवाददाता

दमौली, माघ १२

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनको लागि नेपाली कांग्रेसको भागमा राष्ट्रपति पद दिनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले विहिबार नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय सहमतीमा नै कांग्रेसलाई दिनुपर्ने उहाँको भनाई थियो राष्ट्रिय सहमतीको आधारमा कांग्रेसले राष्ट्रपति पाउनु पर्ने थापाको भनाई थियो । निर्वाचन अघि माओवादीसँग गठबन्धन गरिएको आधारमा पनि कांग्रेसले राष्ट्रपतिलाई उम्मेदवार बनाएको व्यक्तिलाई माओवादीले समेत मत हाल्नु पर्छ भन्ने कांग्रेसको धारणा रहेको महामन्त्री थापाले बताउनुभयो । पहल कदमी गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिई सकेपछि स्वभाविक रुपमा कांग्रेसको उम्मेदवारलाई माओवादीले राष्ट्रपतिमा सघाउनु पर्ने थापाको भनाई थियो । उम्मेदवार कसलाई बनाउने भन्ने सन्र्दभमा पनि कांग्रेसले चाँडै नै निर्णय गर्ने महामन्त्री थापाले बताउनुभयो । पार्टीका नेताहरुको बीचमा गरिने छलफल कुनै दुई व्यक्तिबीचको सहमती हैन त्यहाँ भित्र हुने समझदारी व्यक्तिगत, अपारदर्शी हुनुहुँदैन, र गोप्य हुनु नहुने उहाँको भनाई थियो । ‘‘कतिपपय कुराहरु रणनीतिक होला तर समझादारीहरु गोप्य हुनुहुँदैन खुला हुनुपर्छ, निजी जस्तो कुरा गर्दा समस्या ल्याउँछ’’ थापाले भन्नुभयो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि एमाले माओवादी बीच सम्झौता भएको गोप्य हुँदा समस्या निम्तिएको उल्लेख गर्दै महामन्त्री थापाले नितान्त व्यक्तिगत गर्न थालियो भने दुर्घटना निम्त्याउने बताउनुभयो । सत्ताराजनीतिकमा कुरा रणनीति भित्र पर्ने भएपनि व्यक्तिगत जस्तो गोप्य राख्न नहुने थापाले बताउनुभयो । सरकारमा जाँदा मात्रै सबैकुरा ठिक हो भनेर सोच्न नहुने थापाको भनाई थियो । पञ्चायत कालको ३० वर्षको राजीनितिमा कांग्रेस सरकारमा जान चाहेको भए पाउने अवस्था थियो तर गएन किन त ? त्यसलाई सोचोर हेर्नु पर्ने थापाले बताउनुभयो । ‘‘राजाले गरेको निर्णय नमानेर किन सरकारमा नगएको हो ? सिद्धान्तबाट च्यूत भएर सरकारमा जाने अवस्था ठिक हैन भनेर नगएको हो’’ थापाले भन्नुभयो ।

फेरी कांग्रेस जरामा फर्किने, शुद्ध बनाउने, एकल तागतको आधारमा सबैभन्दा ठुलो दल बन्ने गरी काम गर्न नेता थापाले कार्यकतालाई आग्रह गर्नुभयो । कम्युनिष्ट पार्टीबीच एकता भयो भने पनि त्यो सँग लड्ने तागत कांग्रेस ल्याउनु पर्ने महामन्त्री थापाले भन्नुभयो,जनताको बीचमा संवाद गनुपर्छ’ । शुद्धिकरण गर्ने, सदृढीकरण गरेर बदल्ने काममा लाग्नु पर्ने थापाले भन्नुभयो । सबै भातृ सङ्गठन फागुनको पहिलो साता सम्म पूर्णता पाउने र विवादको समाधान गर्ने तथा नीति अधिवेशन गर्ने गरी पार्टीले योजना बनाएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रम नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, जिल्ला सचिव लक्ष्मीभक्त खनाल लगायतले सत्ता बाहिर हुनु प¥यो भनेर निराशा नभई पार्टी सृदृढीकरण अभियान लागेर आगामी चुनावमा गठबन्धन नगरीकन पनि कांग्रेस बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button