देशको बेहाल

कविता – चिनु पोख्रेल
नेपाल आमा रुदैछिन् आज नपाई निकास
छल र कपट चुलिन्छ यहाँ हुदैन विकास ।
अध्यादेश ल्याए छलेर यहाँ जनादेश लत्याए
कपटी जन मिलेर यहाँ संविधान हत्याए ।।

मिलेर बढ्न जरुरी हुन्छ एकता खाँचो छ
विगारे देश नेताले आज यो कुरा साँचो छ ।
घटिया काम गरेर यहाँ जो बढ्छ अगाडि
हटाऔं अब खली र छली एकता सँगाली ।।

संसद भङ्ग गरेर यहाँ मनपरी हुदैछ
देखेर चाला अध्यादेशवाला संविधान रुदैछ ।
ती नेता ओली मीठो नै बोली कपट गर्दैछन्
सत्ताको मोह पालेर उनी् झोली नै भर्दैछन् ।।

जो गर्छ गल्ती भरेर खल्ती नियम मिच्दैछ
अपाङ्ग बनाई कानुन सबै घाँटी नै थिच्दै छ ।
हे राष्ट्रपति हे प्रधानमन्त्री विवेक नमार
संविधानमाथि तिमीेले अब नगरे प्रहार ।।

कोरोना बढ्छ मानिस मर्छ जनता दुःखी छन्
नपाई खान गरीब बस्ती आँसुमा डुबे झन् ।
उपचार अनि खाना पो दिने चुनाव चाहिन्न
बितेर गए यो जुनी हाम्रो फेरि त पाइन्न ।।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button