तनहुँ प्रहरीद्धारा लागू औषध गाँजा सहित पर्वतका दुई युवक पक्राउ

दमौली खबर संवाददाता

दमौली, फागुन १

लागु औषध गाजा सहित तनहुँ प्रहरी पर्वतका दुई युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका –४ बेनिटार स्थित पृथ्वीराजमार्गखण्डमा बुधबार दिउँसो २ः४५ बजेका अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

गोरखा घ्याचोबाट मुग्लिन हँुदै पोखरा जाँदै गरेको ग १३ प ६३६४ न. को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो । मोटरसाईकलको पछाडी सवार पर्वतको मोदी गाउपालिका –८ बस्ने वर्ष २९ को दिवश गुरुङले बोकेको कालो झोलाभित्र लुकाई छुपाई ल्याईएको ७ किलो ५०० ग्राम गाजा सहित मोटरसाईकल चालक सोही ठाएँका बस्ने वर्ष २४ को विशाल सुनारलाई नियन्त्रणमा लिईएको प्रनाउ खाँडले बताउनुभयो ।

दुवैजनालाई जिल्ला अदालतबाट बुधबार आठ दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button