सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्नेमा जोड

दमौली खबर संवाददाता

दमौली, फागुन ११

सबै नागरिकले अनिवार्य रुपमा विमा गर्नुपर्नेमा जोडमा दिईएको छ । नेपाल बीमा प्राधिकरण काठमाडौको दमौली स्थित व्यास नगरपालिकाको सभाहलमा बुधवार आयोजित ‘स्थानिय सरकार संग बीमा’ कार्यक्रममा सो जोड दिईएको हो

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बीमा अहिले अत्यावश्यक भएकोले नगरवासीले अनिवार्य रुपमा विमा गर्नु अवाश्यक रहेको बताउनुभयो । अझै पनि धेरै नगरवासीहरु जीवन तथा निर्जीवन विमाबाट बञ्चित रहेकाले धेरै नोक्सानी व्यहोर्नु पर्ने हुँदा बीमा योजनामा सहभागी हुुन नगरप्रमुख न्यौपानेले जोड दिनुभयो ।

नेपाल बीमा प्राधिकरणका उप निर्देशक निर्मल अधिकारीले बीमा प्राधिकरणले बीमा कम्प्नीहरुको नियमन, निरिक्षण, सुपरिवेक्षण गर्दै न्युन आय वर्ग समक्ष वीमाको पहुँच पु¥याउने र लघुबीको प्रवद्र्धन गर्ने लगायतका काम गरिने चर्चा गर्दै जीवन बीमा र निर्जीवन बीमाको बारेमा नगरवासीहरुले बुझ्नुपर्ने बताउनुभयो । नेपालीको आय स्तर कम हुनु र ग्रामिण क्षेत्रमा बिमाको पहुँच पुुग्न नसक्दा विमाबाट अधिकांश मानिस लाभान्वित हुन नसकेको बताउनुभयो ।

व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले बीमा कम्पनीहरुले बिमितलाई पूर्ण रुपमा बुझाएर पाउने सेवा र सुविधाका बारेमा स्पष्ट जानकारी गराएर मात्र बीमा गराउनुपर्ने बताउनुभयो । बीमा सम्बन्धी गुनासो सुनी समस्या समाधान गर्ने, बीमा सम्बन्धी जनचेतना जगाउने र बीमा जोखिम समावेश गर्ने कुराहरु बुझाउने उदेश्यले आयोजीत कार्यक्रममा व्यास नगरपालिकाका १४ वटै वडाका प्रतिनिधि, तनहुँ जिल्लामा रहेका जीवन बीमा तथा निजीवन विमा कम्पनीका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । नेपालमा हाल १८ वटा जीवनबीमा कम्पनी तथा १८ वटा, पुनर्बीमा कम्प्नी २ र लघुबीमा कम्पनी ७ वटा रहका छन् ।

नेपालमा आर्थिक बर्ष २०७९÷८० को कात्तिक मसान्तसम्मको विवरण अनुसािर १३ अर्व २६ करोडको निर्जीवन बीमा र ५९ अर्व ३७ करोडको बीमा भएको तथा ३७ दशमलव ७९ प्रतिशत जनता समक्ष जनतामा बीमा पुगेको प्राधिकरणको तथ्याङकमा उल्लेख छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button