भिमाद नगरपालिकाको राम्रो कार्य

हरेक कुराको विकल्प छन् तर खानाको विकल्प छैन । खाना नपाए मृत्यु हुन्छ । त्यसैले एउटा भनाई छ ‘कृषि मुलश्च जीवनम्’ नेपाल कुनै समय खाद्यान्न निर्यात गर्दथ्यो तर अहिले भारत लगायतको मुलकबाट अन्न आयात नगर्ने हो भने भोकमरीमा परिन्छ । जामिन बाँझो राखेर विदेशबाट अन्न उत्पादन गर्नु भनेको भोकमरीको जोखिम हो । यदि भारतले अन्न निर्यात बन्द गरिदियो भने नेपालमा भोकमरी हुन्छ । यस्तो सन्दर्भमा देशै भरी जमिन बाँझो नराख्ने अभियान सञ्चालन गर्नु पर्दछ । हरेक पालिकाले जमिन बाँझो राख्न नदिने वातावरण मिलाउनु पर्दछ । यसै सन्र्दभमा तनहुँको भिमाद नगरपालिको पालिकाले जग्गा बाँझो नराख्ने अभियान सञ्चालन गरेको छ । बाँझो जग्गालाई उत्पादनमा लगाउने कार्यलाई प्राथमिकता दिदै नगरपालिकाले ‘‘समृद्धिको आधार उत्पादनमा वृद्धि र व्यापार’’ नाराका साथ उत्पादन बढाउन अभियान सुरु गरिनु धेरै राम्रो काम हो । अभियान अन्तर्गत बाँझो जग्गामा उत्पादन गर्नेलाई अनुदान उपलब्ध गराउने निर्णय नगरपालिकाले गरेको छ । गाउँमा अधिकांश खेतबारी बाँझो राख्ने क्रम बढेकाले त्यसलाई रोकि उत्पादन वृद्धि गरि व्यापारको माध्यमबाट कृषकलाई आम्दानी दिने उद्धेश्यले अनुदानको व्यवस्था गरिएको बताईएको छ । आफ्नो बारीमा खेती गर्नेलाई प्रतिरोपनी दुई हजार र अरुको बारीबाट उत्पादन गर्नेलाई प्रतिरोपनी तीन हजार अनुदानको व्यवस्था गरिएको छ यो कृषकको लागि खुसीको कुरा हो । बाँझो जमिनको सदुपयोग गर्दै कृषि उत्पादन क्षेत्रमा सङलग्न हुन चाहने कृषकहरुलाई निवेदन पेश सूचित गरिएको यसबाट कृषकले लाभ लिनु पर्दछ । यस कार्यक्रमले विशेष गरेर जामिन बाँझो राखेर विदेश जाने युवाहरुलाई स्वदेशमै काम गर्न प्रोत्साहन मिल्ने र उत्पादन भएपछि खाद्यान्नमा आत्मनिर्भर हुन टेवा पुग्ने देखिन्छ । जापानमा भुकम्प जाँदा कुनै समय नेपालले खाद्यान्न सहयोग गरेको थियो । हाल नेपालमा अधिकांश कृषक नाम मात्रैका छन् । उनिहरुलाई व्यवसायिक बनाउन ध्यान दिनु पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button