सहपाठीको आमाको उपचारको लागि आर्थिक सहयोग

दमौली खबर संवाददाता
दमौली, भदौ २६ । दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा विज्ञान शिक्षा बिषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले सहपाठीको आमाको उपचारको लागि मद्धत गरेका छन् ।
सो विषयमा संलग्न ए वि सि विज्ञान क्लवका विद्यार्थीहरुले आफ्ना सहपाठी आदर्श  बानियाको आमा बन्दिपुर –२ निवासी गिता बानियाको आन्द्राको क्यान्सर रोगको उपचारका लागि सहयोग गरिएको हो ।
 विज्ञान क्लबबाट जम्मा गरिएको नगद १४ हतार ६ सय १५  रुपैयाँ  क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले  आइतवार विभागको कार्यालयमा वनियालाई हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा  विभागका प्रमुख राजन घिमिरे क्लबका अध्यक्ष अनिल रानाभाट लगायत विभागका प्राध्यापक र क्लबका पदाधिकारी एवं सदस्यहरूले सो कार्यको प्रशंसा गरेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button