विपी विचार समाज तनहुँद्धारा १०९ औं विपी जयन्ती मनाइयो

दमौली  खबर संवाददाता
बिपी विचार समाज तनहुँले १०९ औं विपी जयन्ती मनाएको छ । दुईस्थानमा बिपी विचार  प्रवचन कार्यक्रम गरी मनाईएको हो । समाजको क्षेत्र नम्बर १ कार्य समितिले बन्दीपुर बजार र क्षेत्र नं. २ कार्य समितिले भिमाद बजारमा कार्यक्रम गरेको हो ।
     बन्दीपुरमा आयोजित कार्यक्रम बिपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङको प्रमुख आतिथ्यमा भएको थियो । सो अवसरमा गुरुङले बर्तमान काँग्रेस बिपीको बिचारमा नहिडेकोले विपी विचार राष्ट्रिय समाज गठन गर्नु परेको र देशव्यापी रुपमा यसको शाखा विस्तार गर्नुपरेको बताउनुभयो । कार्यक्रममा समाजका गण्डकी प्रदेशका सचिव वरिष्ठ अधिवक्ता परशुराम गिरीले नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निर्वाचन लड्न कुनै पनि कानुनले अयोग्य नभएको प्रष्ट पार्नु भयो । कार्यक्रममा समाजका जिल्ला सभापति  हरिशरण पण्डितले नेपाली काँग्रेसले आफ्नो सिद्धान्त बिर्सिएर अन्य पार्टीको वैशाखी टेकेर हिडेको कारण काँग्रेस कमजोर र अपमानित भएको बताउनुभयो । कार्यक्रम समाजको क्षेत्र नं. १ का सभापति केशरबहादुर गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरमा समाजको भानु नगरपालिकाका सभापति लिलचन्द्र पाण्डे, आँबुखैरेनीका सभापति सुनाराम गुरुङ, बन्दीपुरका सभापति प्रेमबहादुर बानियाँ, स्थानीय समाजसेवी मोतीलाल गुरुङ लगायतले निष्ठावान नेता गोविन्दराज जोशीलाई चुनावमा जिताएर अबरुद्ध बनेको तनहुँको विकास चलायमान बनाउन सबै जना एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
यसैगरी  भिमादबजारमा आयोजित कार्यक्रम क्षेत्र नं. २ का सभापति नरेन्द्र थापाको अध्यक्षमा भएको थियो । सो अवसरमा समाजका जिल्ला सचिव कमलभक्त पोख्रेलले रामचन्द्र पौडेललाई सम्मान गर्ने र मतदान गोविन्दराज जोशीलाई गर्नु पर्ने बताउनुभएको थियो । दुवै भेलामा क्षेत्रीय र पालिका स्तरीय कार्य समितिलाई शसक्त बनाउन पूर्नगठन गर्ने सन्र्दभमा छलफल समेत भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button