जेष्ठ नागरिक आश्रमलाई १० हजारको छाता

दमौली खबर संवाददाता
दमौली÷१९,भदौ । तनहुँको एक आश्रमलाई छोराको स्मृतिमा छाता सहयोग गरिएको छ । स्वर्गीय सौगात ओझाको दोस्रो पुण्य स्मृतिमा हाल क्यानडामा निवासी उहाँ बुबा जगन्नाथ ओझा तथा आमा उर्मिला ओझाले  सहयोग गर्नु भएको हो । व्यास नगरपालिका ५ को दिवाकालीन ज्येष्ठ नागरिक आश्रमलाई १० हजार रुपियाँ बराबरको छाता प्रदान गरेको आश्रमले जनाएको छ  । ३२ थान छाता उक्त आश्रमलाई उपलब्ध गराइएको हो ।
उक्त छाता स्वर्गीय सौगातका काका,पुष्प ओझा तथा काकी शर्मिला ओझा तथा भिनाजु हरिशरण पण्डितले संस्थालाई ति छाता हस्तान्तरण गर्नुभयो । उहाँहरुले भजन संकीर्तन समूहका कार्यबाहक अध्यक्ष विष्णु गौतमलाई छाता हस्तान्तरण गर्नुभयो । आश्रममा आउने जेष्ठ नागरिकहरुलाई ति छाताहरु छिट्टै वितरण गरिने अध्यक्ष गौतमले बताउनुभयो । सो कार्यक्रममा संकीर्तन समूहका अध्यक्ष एवं वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल), वडा सदस्य खिमबहादुर थापा, लगायत भजनकीर्तन समूहका समितिमा आबद्ध कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै मृतकका भिनाजु पण्डितले अल्पायुमै निधन भएका स्वर्गीय सौगातको आत्माको चिरशान्तिको कामना गर्दै यस्ता सामाजिक कार्यले पुण्य प्राप्तहुने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button