‘सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ’

मनकुमारी श्रेष्ठले यहि पुस ५ गतेदेखि उमेरले ठ्याक्कै सय वर्ष कटिन्। वि.सं. १९७६ साल पुस ५ गते आँबुखैरेनी गाउँपालिका १ सत्रसयमा जन्मीएकी मनकुमारीले ज्येष्ठ नागरिक परिचयपत्र पाएकी थिइनन्। जसका कारण सरकारले ज्येष्ठ नागरिकलाई दिने कुनै पनि सुविधाहरु उनीले पाउन सकेकी थिइनन्। अब भने उनीलाई सरकारले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधा पाउने आशा जागेको छ। उनले आईतबार गाउँपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठको हातबाट ज्येष्ठ नागरिक परिचयपत्र पाएकी छिन्।

आईतबार देखि आँबुखैरेनी गाउँपालिकाले वडा वडामै ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्य सुरु गरेसँगै बल्ल मनकुमारीले सय वर्षमा ज्येष्ठ नागरिक परिचय पत्र पाएकी हुन्। ज्येष्ठ नागरिक परिचय पत्र पाएपछि उनले खुशी हुदै भनिन् – “ एक सय वर्ष पुगेपछि बल्ल परिचयपत्र पाएँ, अब पाउनुपर्ने अन्य सुविधा पनि पाउने आशा जाग्यो । ’ गाउँपालिकाले आईतबार देखि सुरु गरिएको परिचयपत्र वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताईन् ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्ररेलले सबै वडा कार्यालयबाट ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिने जानकारी दिदै परिचयपत्र वितरणपछि ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक ऐन बमोजिमका छुट तथा सुविधा प्राप्त गर्ने बताए । उनका अनुसार गाउँपालिकाका ६ वटै वडामा करिब एक हजार चार सय भन्दा बढी ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिनेछ । चैत ९ गते आँबुखैरेनी गाउँपालिका २ र ३ को वडा कार्यालयबाट परिचयपत्र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका सूचना अधिकारी शिखरलाल डोटेलले जानकारी दिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button