इँटा उद्योग सञ्चालन गर्न स्वास्थ्य निर्देशिका अनुमोदन

कोरोनाको महामारीमा इँटा उद्योग संचालन गर्नका लागि स्वास्थ्य निर्देशिका अनुमोदन गरिएको छ । ग्लोबल फेयेरनेश इनिसिएटिभ, एकिकृत हरित विकास नेपाल र बेटर ब्रिक नेपालको संयुक्त आयोजनामा दमौलीमा एक कार्यक्रमका बीच कोभिड १९ महामारीको समयमा इँटा उद्योग संचालनका लागि निर्देशिका अनुमोदन गरिएको हो । कोभिडजन्य परिस्थितमा इँटा उद्योगहरुले सुरक्षित रुपमा उद्योग संचालन गर्नुपर्ने आबश्यकता र संयन्त्र बिकासमा सहयोग पुर्याउने हेतुले तयार पारिएको निर्देशिका इँटा उद्योगि र स्थानीय तह समक्ष असोज मसान्तमानै प्रस्तुत गरी सोहि अनुरुप कतिपय उद्योगहरुले अबलम्बन गरेर उद्योग संचालन गरिरहेका छन् ।

उक्त निर्देशकालाई जिल्ला स्थित इँटा उद्योग संघ र प्रादेशीक संघ तथा स्थानीय तहले अपनत्व ग्रहण गर्दा नीतिगत रुपमा समेत भोलि अन्य जिल्ला र मुलुक भरिकै इँटा लगायतका मौसमी ब्यबसायहरु यस निर्देशिका बाट लावान्भित हुन सक्ने विश्वास राखिएको छ । अनुमोदन कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेबी रानाले संस्थाले लकडाउनमा गरेको खाद्यान्न सहयोग र संस्थाले गरेको कामको प्रसंशा गरिन् । उनले ईटा संचालकलाई तयार पारिएको स्वास्थ्य निर्देशिकाले स्थानीय तहलाई समेत सचेत बनाएका बताईन् ।

कार्यक्रमको समापन गर्दै इँटा उद्योग संघ तनहुँका अध्यक्ष केदारनाथ घिमिरे ज्यू ले अनुमोदन र निर्देशिकाले इँटा उद्योगलाइ ब्यबस्थित रुपमा संचालन गर्न सहयोग पुग्ने बताउनुभएको कुरा ग्लोबल फेयेरनेश इनिसिएटिभका सिनियर प्रोग्राम तथा संचार अधिकृत संयुक्ता भण्डारीले बताए । बेटर ब्रिक नेपाल कार्यक्रमका क्षेत्रीय संयोजक सुदिप सेढाईले निर्देशिकामाथि प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा बोल्दै ग्लोबल फेयेरनेश इनिसिएटिभका राष्ट्रिय निर्देशक सुरेश पण्डितले यो निर्देशिका उद्योगका लागि लादिएको नभई इँटा उद्योगको ब्यबसाय संचालन सुरक्षित बनाउनका लागि निर्माण गरिएको र उक्त कमिटमेन्टलाइ दस्ताबेजिकरण गराउनका लागि यो कार्यक्रमले भूमिका खेल्ने बताए । इँटा उद्योग महासंघका केन्द्रीय सदस्य गोबिन्दराम पन्तले इँटा उद्योगमा सम्पूर्ण रुपमा निर्देशिका पालना गर्न ब्यबहारिक रुपमा असहज भएतापनि इँटा उद्योगहरुले पालना गर्न हरसम्भब कोशिस गर्ने बताए ।

उक्त कार्यक्रममा ब्यास नगरपालिका वडा नं १ का वडा अध्यक्ष खरसिंग दरै, वडा नं ११ का वडा अध्यक्ष निरबहादुर खड्का तथा म्याग्दे गाउँपालिका वडा नं २ का वडा सदस्य, वडा नं ३ का वडा अध्यक्ष श्रीबहादुर थापा लगायतका बक्ताहरुले अनुमोदन कार्यक्रमले सबै सरोकारवालालाई थप जिम्मेवार बनाएको बताए । एकिकृत हरित विकास नेपालका कोषाध्यक्ष श्रीकृष्ण आचार्यले संचालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष रामदत्त पौडेलले स्वागत गर्दै यस्ता खालका निर्देशिका तथा स्पस्ट मार्गदर्शनहरुले साबधानी पुर्बक उद्योग संचालन गराउनका लागि ठुलो भूमिका खेल्ने कुरामा दुईमत नभएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button