भण्डारी दम्पत्तीद्वारा आश्रममा सहयोग

जन्मदिन, विवाह वर्षगाँठ, तिथि लगायत अन्य शुभ कार्यहरुमा गरिने फजुल खर्चलाई आजभोली सामाजिक कार्यमा खर्चिने प्रचलन बढ्दै आएको छ । भण्डारी मेडिकल व्यास २ का प्रोपाइटर वेणि माधव भण्डारी र राधा देवि भण्डारीको ५०औँ वैवाहिक वर्ष गाँठको अवसरमा महिलाद्वारा सञ्चालित व्यास ५ स्थीत वेदव्यास जेष्ठ नागरिक आश्रमलाई नगद १८ हजार ११ रुपैँया सहयोग प्रदान गरेका छन् । आश्रमकी अध्यक्ष सावित्रि श्रेष्ठलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

सो रकम मार्फत बन्दै गरेको आश्रमको नया भवनमा ढोका राख्ने वुवा आमाको चाहानालाई पूरा गर्ने उनका छोरा दामोदर भण्डारीले बताए । यसरी नै सबैको सहयोगले आश्रम सञ्चालनमा सहजता मिलेको सचिव निर्मला मल्लले कार्यक्रम मार्फत जानकारी दिइन् । स्थापना कालदेखी नै तन, मन र धनले सहयोग गर्दै आएका भण्डारी दम्पत्तीलाई हार्दिक कृतज्ञताका साथ आभार प्रकट गर्दै आश्रमकि सचिव निर्मला मल्लले कार्यक्रम सञ्चालन गरे ।

उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै सबैको साथ र सहयोगले नै आगामी दिनमा आफै सहजताका साथ आश्रम सञ्चालन गरिने आश्रमकी उपाध्यक्ष शकुन्तला आलेले बताइन् । कार्यक्रममा भण्डारी परिवा र आश्रम परिवारको उपस्थिति रहेको थियो । यसैबीच तनहुँ उद्योग वाणिज्य संघका महासचिव इमकुमार मल्ल, दमौली बजार इकाइका सदस्य दिनेश श्रेष्ठले म्याग्दे गाउँपालिका मनहरी निवासी छाङ्गेली समाज दमौलीका सकृय सदस्य प्रकाश श्रेष्ठकी पूजनिय हजुरआमाको १४ औँ दिनको पूण्य तिथिको अवसरमा ५ हजार १ सय ५ रुपैया लगायत खाद्यन्न सहयोग गरेका छन् ।

सो रकम हस्तान्तरण गर्दै श्रेष्ठ परिवारले आश्रम प्रति सदैव सहयोग र सम्मान रहेको धारणा व्यक्त गरे । शित उभाएर घैला भरिएजस्तै सबैको सहयोगले आज आश्रम सञ्चालनमा हौसला मिलेको अध्यक्ष सावित्रि श्रेष्ठले बताइन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button