किसान जोगिए, कलिला कारबाहीमा

दमौली खबर संवाददाता

भदौ २, दमौली । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल १४ सांसदलाई पार्टीले कारबाही गरेको छ । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको हो । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै तनहुँकी कलिना खातुन, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन् ।

लामो समय पार्टीका अध्यक्ष केपी शर्मा ओलीको गुटमा रहेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिए सँगै नेपाल समुहमा लागेका तनहुँका सांसद कृष्णकुमार श्रेष्ठ किसान भने पार्टीको कारबाहीबाट जोगिएका छन् । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्र पनि पठाएको छ । यसैबीच कारबाहीमा परेकी तनहुँकी सांसद कलिला खानले पार्टीको कारबाही नौलो नलागेको प्रतिक्रिया दिएकी छिन् ।

दमौली खबर सँग कुराकानि गदै उनले अहिले सम्म चार पटक कारबाहीमा परिएको बताउँदै यस पटकको कारबाहीले पनि केही नहुने बताईन् । उनले भनिन्,‘सविंधान जोगाउन दुई/दुई पटक विघटन भएको प्रतिनिधि सभाको लागि सडक र सदनको आन्दोलनबाट बचाएका छौं । संविधान बचाउने बचाउन खेलेको मेरो भूमिकालाई गर्ब गरेको छु ।’ त्यस्तै सांसद किसानले भने यस बारेमा आफनो प्रतिक्रिया दिन मानेन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button