थपिए ५६ संक्रमित

दमौली खबर संम्बददाता

भदौ २, दमौली । तनहुँमा मंगलबार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५६ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–४ की ५१ वर्षीया महिला रहेकी छन् । उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । मृतक महिलालाई साउन २३ मा कोरोना पुष्टि भएको थियो । योसँगै तनहुँमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय २५ पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । सोमबारको तुलनामा मंगलबार तनहुँमा संक्रमित ह्वात्तै बढेका हुन् ।

सोमबार जिल्लामा ६ जना मात्रै संक्रमित थपिएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार मंगलबार १ सय ५६ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । तनहुँमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३२ रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ५ हजार ६ सय ८० ले कोरोना जित्न सफल हुदाँ ४ सय २७ जना सक्रिय संक्रमित छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button