सनातन हिन्दु धर्म र सस्कृतिको संरक्षण गरिनु पर्ने सांसद भण्डारीको भनाई

दमौली खबर संवाददाता

दमौली, पुस २४ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले देशको सनातन धर्म संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनु भएको छ । तनहुँको दमौलीमा पाँचौ आदिवासी जनजाति सास्कृतिक तथा पर्यटन महोत्सवको शुक्रबार उद्घाटन गर्दै भण्डारीले सो भनाई व्यक्त गर्नु भएको हो । हरेक धर्म संस्कृतिको संरक्षण गर्ने दायित्व राज्यको रहेको र देशको मुल सनातन धर्मको रक्षा गर्नुपर्ने भण्डारीको भनाई थियो । नेपाली सनातन धर्म संस्कृतिको जगेर्ना गर्नाका लागि सनातन हिन्दु संस्कार र संस्कृतिको ठुलो महत्व रहेकोले संविधानमा गरिएको धार्मिक निरिपेक्षता राखिएको शव्दलाई हटाउनुपर्ने समेत भण्डारीले बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष सुजित हिराचनको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विकले मेला महोत्सवले अथतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ, जनजाति महासंघका पूर्व अध्यक्ष शंकरनारायण श्रेष्ठ, नेपाल मगर सङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष सिदान्त थापा मगर लगायतले यस्ता महोत्सवले सस्कृति पर्दशन गर्ने मौका मिल्ने हुँदा संरक्षण टेवा पुग्नुका साथै पर्यटन प्रवद्धन समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो । जनजाती समुदायको जीवन्त संग्राहलय निर्माण एवं जनजाति समुदायको संस्कृति संरक्षणको लागि महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदले जनाएको छ । तनहुँका जनजाति समुदायले महोत्सव सुरु हुनुपूर्व बाँजागाजा सहितको झाँकीले दमौली बजारको परिक्रमा गरेका थिए । जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हिराचनले बताउनुभयो ।

महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, मादीसेती नदिमा जलविहार लगायत आकर्षण रहेको आयोजकले जनाएको छ । माघ ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३ लाख दर्शकले अवलोकन गर्ने र ३ करोडको आर्थिक कारोबार हुने आयोजकले जनाएको छ । जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो । अमूल्य भाषा, संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको हिराचनले बताए । महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, कौराहा तथा लोकदोहोरी प्रतियोगिता, रमाइलो मेला, राउटे समुदायको प्रस्तुती, सांस्कृतिक नमूना ग्राम भ्रमण, धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन, शैक्षिक तथा विज्ञान प्रदर्शनी, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलविहार लगायत आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ । ६५ प्रतिशत आदिवासी बसोबास गर्ने तनहुँमा विसं २०६५ मा पहिलो आदिवासी महोत्सव आयोजना गरिएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button