भानुमा एकैदिन २२ जना संक्रमीत थपिए

जिल्लाको भानु नगरपालिकामा एक दिन समुदायका २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार भानु नगरपालिका–६ र ७ का १९ जना पुरुष सहित बाँकी तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा भानु नगरपालिका–६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८, ६२ वर्षीय पुरुष छन् ।

त्यस्तै भानु नगरपालिका–७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, , २७ र ३८ वर्षीया पुरुष छन् । त्यस्तै वडा नं ७ कै ८, ५४ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । संक्रमीतको सम्र्पकमा आएको भदौ १० गते १ सय ७५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो । जसमा २२ जना नयाँ सक्रंमीत थपिएका हुन् । यो सहित तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७५ पुगेको छ भने निको हुनेको सङ्ख्या १ सय ९९ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button