महामारीमा रेडक्रसको सक्रियता

दमौली खबर संवाददाता
नेपाल रेडक्रस सोसाईटी तनहँु शाखाले तनहँुका विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना संक्रमण रोकथामका लागि रेडक्रसले सोमबार प्रमुख जिल्ला अधिकारी सागर आर्चाय मार्फत विभिन्न क्षेत्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो । रेडक्रस सोसाइटी केन्द्रीय कार्यलय बाट प्रदेश कार्यसमितिलाई हस्तान्तरण पछि जिल्ला कार्यसमिति तनहुँले जिल्लामा प्राप्त सामाग्रीहरु जिल्ला समन्व समितिका प्रमुख शान्तिरमण वाग्ले रेडक्रसका केन्द्रीय सदस्य प्रदिप घिमिरे र जिल्ला सभापति कृष्णहरि वाग्लेले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी आर्चायलाई हस्तान्तरण गरेका हुन् ।


उक्त सामाग्री दमौली अस्पतालमा २० थान पिपिई र ५० प्याकेट मास्क, पुरानो डिहि अस्पतालमा एक थान अक्सिजन कन्सन्टेटर २५ प्याकेट मास्क र ५ थान पिपिई, बन्दिपुर अस्पतालमा १ थान अक्सिजन कन्सन्टेटर २५ प्याकेट मास्क ५ थान पिपिई, सशस्त्र, जिल्ला प्रहरी र नेपाल आर्मीलाई ३० ÷३० प्याकेट मास्क सहयोग गरिएको बताईएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयलाई ५ थान संक्रमितको शब व्यवस्थापन गर्ने सामग्री रेडक्रसले उपलब्ध गराईएको छ ।

व्यास नगरपालिकाद्धारा संचालित पुरानो कृषि बिकास बैंक मा रहेको आइसोलेसन सेन्टरलाई १० प्याक मास्क प्रशासन मार्फत उपलब्ध गराईने शाखाकी मन्त्री चिनु पोख्ररेलले जानकारी दिईन् । स्वास्थ्य सामग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले रेडक्रसलाई धन्यवाद दिए । कोभिड १९ का कारण सिङ्गो देश आक्रान्त भइरहेको बेला त्यस सँग सम्बन्धित स्वास्थ्य सामाग्री सहयोग गरेर रेडक्रसले विपत्मा आफनो दायित्व पूरा गरेको बताए । उक्त हस्तान्तरण कार्यक्रममा रेडक्रस तनहँु शाखाका पूर्व सभापति परशुराम गिरी, कोषाध्यक्ष हरिशरण पण्डित,उपकोषाध्यक्ष सुकुमलाल गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button