होम आईशोलेसमा रहेकालाई मनोपरामर्श दिदै दुम्सीकोटको रेडक्रस

दमौली खबर संवाददाता
नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखाले होमआईशोलेसनमा रहेका संक्रमितको अवस्था बुझदै मनोपरामर्श प्रदान गरेको छ । संक्रमितको घरमा पुगि होम आइसोलेसनमा रहँदा अपनाउनुपर्ने सतर्कताको बारेमा समेत जानकारी गराउन थालेको उपशाखाका सभापति रामदक्त पौडेलले जानकारी दिए । संक्रमितलाई आवश्यक पौष्टिक आहार पनि वितरण गरेको जानकारी दिदै पौडेलले होम आइसोलेशनमा रहदा संक्रमितले भोगेका कठिनाईहरुको जानकारी समेत संकलन गरेको बताए । रेडक्रस उपशाखाले तयार पारेको कागती,जीवनजल, चेवन प्रास, भिटामिन लगायत पौष्टिक वितरण गरिएको उनले बताए ।

दुम्मसीकोटको देउराली ,कुमालतारी, दुम्सी, सेवर तथा डिहिगाउँका संक्रमित व्यक्तिहरूको घरघरमा पुगि संक्रमितको अवस्था बुझिएको पौडेलले बताए । सभापतित पौडेलको नेतृत्वमा उप शाखका सचिव याम प्रसाद सापकोटा, सामुदायिक एम्बुलेन्स अभियानका संयोजक ईश्वर पौडेल, सोही अभियानका सचिव श्रीकृष्ण आचार्य एवं उपशाखाका सदस्य तथा वडा नम्बर १० कोभिड सम्पर्क व्यक्ति स्वास्थ्यकर्मी सरिता बोट लगायतको टोली संक्रमितको घरघरमा पुगेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button