गाँउ सफा राख्न डस्बिन वितरण

जिल्लाको ऋषिङ गाँउपालिका वडा नं ३ ले गाँउ सफा राख्न डस्बिन वितरण गरेको छ । आईतबार एक कार्यक्रमका गाँउपालिका प्रमुख राजेन्द्रकृष्ण श्रेष्ठले डस्बिन वितरण गरे । डस्बिन वितरण कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष श्रेष्ठले वातावरण स्वच्छ राख्न सबैले स्थानीयवासी नै सक्रिय बन्नु पर्ने बताए ।

उनले भने,“कोरोनाको महामारी फैलिरहेको अवस्थामा हामीले सरसफाईमा विशेष ध्यान दिन आवश्यक छ । ” सबैले स्वास्थ्य मापढण्ड पूरा गरेर आफनौ दैनिकी कार्यलाई निरन्तरता दिनु पर्छ । ” कार्यक्रममा बोल्दै उपाध्यक्ष गिनुमाया थापाले आफ्नो गाउँ टोलको सरसफाई गर्दै वातावरण स्वच्छ राख्न स्थानीयकै भुमिका महत्वपूर्ण रहेको भन्दै डस्बिन वितरण सुरुवात मात्रै रहेको र यसको संरक्षणमा सबै जिम्मेवार बन्नुपर्ने बताईन् । उनले वडालाई स्वच्छ र सफा राख्न हरेक टोल विकास संस्थाहरु सक्रिय हुनुपर्ने बताईन् । वडा अध्यक्ष दुर्गाबहादुर रानाको अध्यक्षमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button