लक डाउन उल्लंघन गरेर प्रदर्शन गरेको भन्दै युवा संगठनको आपति

दमौली खबर संवाददाता
चैत १७ दमौली
देश कोरोना भाइसरको डरमा रहेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि देश लक डाउन गरेको अबस्था रहेको छ । सरकाले लक डाउन अबधि भर ठुला जमघट तथा भिडभाडमा रोक लगाएको छ । तनहुँमा लक डाउन उल्लंघन गरेर प्रदर्शन गरेको भन्दै नेकपाको भात्री संघगठनले आपति जनाएका छन् । तनहुँको सदरमुकाम दमौली र आसपासको ठाउमा नेपाली कांग्रेस निकट संगठन तरुण दलले प्रदर्शन गर्दै अएको छ । समाजबादी पार्टीका संसद सुरेन्द्र यादवलाई जबरजस्ती अपहरण शैलीमा काठमान्डै लगिएको भन्दै तरुण दलले केही दिन देखि तनहुँमा प्रदर्शन निकालेको थियो ।

यद्यपी संसद यादवले भने आफु अपहरणमा नपरेको र कुनै पनि दुरव्यावहार नभएको आम सञ्चार माध्यमा बताउदै आएका छन् । देश लक डाउनको विश्म परिस्थितीमा रहदा पनि तरुण दलले लक डाउन उल्लंघन गरेर प्रर्दशन गरेको भन्दै लक डाउन उल्लंघनमा रोक लगाउन नेकपाका युवा संगठन अनेरास्ववियु र युवा संघ नेपालले प्रमुख जिल्ला अधिकारीलाई ध्यानकर्षण पत्र बुझएका छन् । ध्यानकर्षण पत्रमा लेखिएको छ , “बौशाख १६ गते तरुण दल तनहुँको आयोजनमा तनहुँ जिल्ला सदरमुकाम दमौलीमा कानुनी राज्यको धज्जी उडाउदै व्यातिmगत चरित्रहत्या गर्ने गरी भएको प्रदर्शनले हामीहरुको गम्भीर ध्यानकर्षण भएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव विश्व बास्तोलाको समेत अपस्थितीमा भएको उक्त कार्यक्रले कोरोना भाइरसको महामारी नियन्त्रण गर्नको लागि जारी गरिएको लक डाउन आदेशको गम्भीर उल्लंघन भएको हामीले ठहर गरेका ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ”  । संगठनले यस्तो किसिमको क्रियाकलाप फेरी दोहोरीएमा प्रतिकारमा उत्रनु पर्ने अबस्था सिर्जना हुने बताउदै लक डाउनमा कडाई गर्न प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीलाई ध्यानकर्षण पत्र बुझाएका हुन्  ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button