मृगौलाका बिरामी कोरोना संक्रमण बाट मुत्यु

डायलासिस गराउन चितवन गएका तनहुँको आँबुखैरेनीका एक पुरुषको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । गत भाद्र२९ गते डायलसिसका लागि कलेजमा भर्ना भएका उनमा ३१गते संक्रमण पुष्टि भएको थियो। त्यसयता सघन कक्षमा राखेर उपचार गराइरहेकामा उनको विहान निधन भएको अस्पतालले उल्लेख गरेको छ । यसैबीच भानु नगरपालिकामा एक कोरोना संक्रमित व्यक्ति थपिएका छन् ।चितवन मेडिकल कजेलमा गरिएको परीक्षणमा भानुका १७ वर्षीय युवामा संक्रमण पुष्टि भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button