उपनिर्वाचनमा गठबन्धनबाट कांग्रेसले नै टिकट पाउँछः भट्टराई

दमौली खबर संवाददाता

दमौली, फागुन २८

नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन २०७९ बाट जिल्ला कार्य समितिका नव निर्वाचित पदाधिकारी हरुको शनिवार विपि स्मृति भवन दमौलीमा पद तथा गोपनियताको सपथ ग्रहण् एवं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा गठबन्धनको तर्फबाट कांग्रेसको भागमा टिकट पाउने बताउनुभयो । भागबण्डा अनुसार तनहुँमा कांग्रेसले टिकट पाएपछि एकिकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसानले बाराबाट टिकट पाएको बताउनुभयो । शिक्षकसमाजको प्रवुद्ध वर्ग भएकाले सकारात्मक सोचका साथ अगाडी बढ्नुपर्ने भट्टराईले बताउनुभयो ।

कार्यक्रममा निर्वाचन समितिका सदस्य हरिराज काफ्लेले नव निर्वाचित नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबावु भट्टराई, उपाध्यक्ष्मा अशोक चन्द्र वाग्ले, महिला संघ उपाध्यक्ष लक्ष्मी मल्ल, खुला सचिव नरेन्द्र न्यौपाने, सचिव अर्थ राजु ढकाल, सहसचिव खुला विजयराज खनाल लगायत अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराइएको थियो । त्यस अवसरमा निवर्तमान निमित्त अध्यक्ष रसमाया गुरुङले नव निर्वाचित अध्यक्ष रमेशबाबु भट्टराईलाई संघको माइन्युट हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघ पूर्व केन्द्रिय उपाध्यक्ष ब्रम्हदत्त तिमिल्सेना, लगायतले नव निर्वाचित समितिलाई बधाई दिएका थिए । भने नव निर्वाचित अध्यक्ष रमेश बाबु भट्टराईले नया ढंगबाट प्रविधिमैत्री बनाउने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button