नेता जोशीद्धारा दुरा परिवारलाई समवेदना

दमौली खबर संवाददाता
दमौली, असोज ३ । मातृशोकमा पर्नु भएका नेपाली काँग्रेस तनहुँका सदस्य तथा व्यास नगरपालिका– वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराको परिवारजनलाई भेटी नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले समवेदना व्यक्त गर्नु भएको छ ।
     नेता जोशीले दुरा निवास व्यास –११ रामथुम्कीमा पुगेर समवेदना व्यक्त गर्नु भएको हो । दुराको आमा अतिमाया दुराको यही असोज २ गते निधन भएको थियो । सो भेटघाटमा पूव सभासद उर्मिला थापा,  विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, जिल्ला सभापति हरिशरण पण्डित, कोषाध्यक्ष भिमकुमार श्रेष्ठ, सहसचिव केशु गुरुङले पनि समवेदना व्यक्त गर्नु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button