थलिएपछि मात्रै परीक्षण स्टोरमै थन्कियो पिसिआर मेशिन

दमौली खबर संवाददाता

व्यास ७ का विष्णु आर्चायको जिउ कटकटी दुख्न थाल्यो। ज्वरो आयो, टाउको पनि दुख्न थाल्यो। मुख सुख्खा हुने, खान मन नलाग्ने जस्ता समस्या बढ्दै गयो। सात दिनसम्म यस्तै समस्याले सतायो। आठौँ दिन शुक्रबार विष्णुलाई छट्पटी हुन थाल्यो। सास फेर्न धौ धौ भएपछि अत्तालिएका विष्णु आईतबार बिहान कोरोना परीक्षणका लागि दमौली आए । तर उनले खोजेको समयमा उनले कोरोना परिक्षण गर्न पाएनन् । किनकी जिल्लामा कोरोना परिक्षणको लागि कुनै ल्याब छैन । पीसीआर जाँच गराउन कि पोखरा जानु पर्छ कि स्थानिय तहले बोलाएको समयमा कोरोना परिक्षण गर्नुपर्ने बाध्यता रहेको छ ।

सबै लक्षण हेर्दा कोरोना जस्तो छ’ उनले भने, ‘अब ठिक हुन्छ कि भन्दै घरमा बसियो। बेथाले च्यापेपछि कोरोना जाच्न आइपुगे।’ उनले अघि भने,‘ कोरोना जाँच्नको लागि कुनै ल्याब जिल्लामा रहेनछ । यहि गर्न पालिकालाले बोलाएको समयमा आउनु पर्ने रहेछ नभए पोखरा जानुपर्ने पर्ने रहेछ । ’ कोरोना भाइरस संक्रमणको दोस्रो लहर बिजुली गतिमा फैलिँदा कोरोना परीक्षणको काम भने चुस्त गतिमा हुन सकेको छैन। जिल्लामा पीसीआर परीक्षणको एउटा पनि ल्याब छैन । पहिलो लहरको कोरोना संक्रमण हुँदा स्थानीय तहले स्वाब संकलनको काम गरेका थिए। तर, अहिले स्थानीय सरकारले पीसीआर परीक्षणका लागि स्वाब संकलनको काम गरेका छैनन्, जसले गर्दा संक्रमणको आशंकामा बिरामी सिकिस्त भएपछि मात्रै कोरोना जाँचको लागि स्थानिय तहलाई सम्पर्क गर्ने तथा अन्य जिल्लामा गएर परिक्षण गर्ने गरेका छन् ।

जिल्लामा पीसीआर परीक्षणको लागि स्वांब मात्र संकलन गरिदै आएको छ। तर जिल्लामा एकठाँउमा पिसिआर परिक्षण गर्ने ल्याब छैन । दिनँहु संक्रमित मात्र होइन मृत्युदर समेत उकालो लाग्दै गएको छ । यो अवस्थामा पीसीआर परीक्षण बढाउने, सरकारी अस्पतालमा पूर्वाधार, भेन्टिलेटर, आईसीयू र उपकरणको सुविधा बढाउँनु पर्ने हो । तर, सरकार यसमा यसपटक पनि चुकेको देखियो । थप उपकरणको सुविधा व्यवस्थापन गर्नु त परको कुरा यस्तो महामारीका बेला उपलब्ध उपकरणसमेत सञ्चालनमा ल्याउँनु आवश्यक ठानिदैन यहाँ ।

यस्तै जिल्लामा कोरोनाको पहिलो लहर आउँदा परीक्षणका लागि दाताले दिएको पीसीआर मेसिन अझै प्रयोगमा आएको छैन् । कोरोनाको पहिलो लहरका बेलामा नै परीक्षणका लागि दिइएको मेसिन दोस्रो लहरले मुलुकलाई छोप्दै गर्दा पनि सञ्चालनमा ल्याउन आवश्यक ठानिएको छैन । कोरोना संक्रमण परीक्षणका लागि रोटरी क्लब अफ नेपालले जिल्लाको व्यास नगरपालिकालाई पीसीआर मेसिन दिएको ६ महिना पुग्यो । क्लबले गत असोज २४ गते मा परिक्षणका लागि भन्दै मेसिन उपलब्ध गराएको थियो । तर, उक्त प्रोटेबल पीसीआर मेसिन अझै सञ्चालनमा आउन नसकेको हो ।

उक्त मेशिन अहिले व्यास नगरपालिकाको स्वास्थ्य शाखाको स्टोर रुममा थन्किएको छ । नगरपालिकाले दमौली अस्पतालसँग समन्वय गरेर पीसीआर मेसिन प्रयोगमा ल्याउने भनिए पनि ६ महिना पूरा भइसक्दा काम अघि बढाएको छैन् । स्थानीय तहमा परीक्षण सहज गराउने उद्देश्यले सहयोग गरे पनि मेसिन सञ्चालनमा नआउँदा दुःख लागेको रोटरी क्लब अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले बताए । उनले भने,‘सामाजिक दायित्व वहन गर्ने उद्देश्यले हामीले पिसिआर परिक्षण गर्ने मेशिन उपलब्ध गराएका थियौ । तर उक्त मेशिन सञ्चालनमा नआउनु दुखत कुरा हो । ’ उनले अघि भने,‘अब कसरी मेशिन सञ्चालन ल्याउने भनिन हामी सम्बन्धीत निकायमा छलफल गरिरहेका छौं । ’

पीसीआर प्रयोगशालाका लागि आवश्यक पूर्वाधार, प्राविधिक जनशक्ति व्यवस्थापनमा बजेट अभावका कारण मेसिन प्रयोगमा ल्याउन नसकिएको व्यास नगरपालिकाले जनाएको छ । उसो त यो मेसिनलाई कोरोना महामारी सकिएपछि पनि अन्य संक्रामक रोगको परीक्षणमा प्रयोग गर्न सकिन्छ । यो थाहा हुँदाहुँदै पनि बजेट अभावले सञ्चालनमा ल्याउन नसकिएको बाहेक अन्य जवाफ स्थानीय सरकारसँग छैन् । १२ लाख रुपैयाँको यो मेसिन प्रयोगमा ल्याउन कम्तीमा ४० लाख रुपैयाँ चाहिने र छुट्टै भवन, दक्ष जनशक्तिको व्यवस्थापन पनि गर्नुपर्ने भएकाले त्यो सहज नभएको नगरपालिकाको भनाई छ ।

व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले भने,‘ प्रयोगशाला स्थापनाका ठूलो बजेटको आवश्यकता पर्ने हुनाले नगरपालिकाले एक्लैले सकेको छैन,’ उनले अघि भने, ‘ संकलन गरिएको स्वांबको रिर्पोट पोखरा पठाउदाँ छिटो छिटो आउने गरेको छ  ।’ तत्काल मेशिस सञ्चालन ल्याउने सोचमा नगरपालिका नरहेको उनले बताए । अहिले कोरोना परीक्षणका लागि जिल्लामा स्वाब संकलन गरी पोखरा पठाइने गरिएको छ । पहिला यसरी पठाइएको नमुनाको रिपोर्ट आउन २ साताभन्दा लामो समय लाग्थ्यो ।

अहिले २४ घण्टाभित्रै आउने भएकाले पीसीआर प्रयोगशाला त्यति आवश्यक पनि नदेखिएको जिल्लाबासीको भनाई छ । जिल्लाका १० वटै पालिकाको ७२ लाख रुपैयाँ लगानीमा शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कोभिड अस्पताल निर्माण गरिएको छ । यहाँ उक्त पीसीआर मेसिन सञ्चालनमा ल्याउने विषयमा छलफल पनि भएको थियो । तर, त्यो पनि कार्यान्वयन हुन सकेन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button