साेचकाे खाेज

मंजिला पाण्डे

हामी एक नेपाली, हाम्रो भाषा नेपाली तर हामीलाई मन पर्दैन नेपाल र यहाँका नेपाली, सुन्दा अचम्म लाग्ला तर सत्य यहि नै हाे। देश फेरीयाे, भेष फेरीयाे, भाषा फेरियो तर यहाँका मानिसहरूकाे साेच कहिल्यै फेरिएन। हामी भन्ने गर्छौ, हाम्रो देश सुन्दर, शान्त विशाल प्रकृतिले भरिपूर्ण रहेकाे छ। विडम्बना, देश सुन्दर प्रकृतिले भरिपुर्ण भएता पनि नेपालिहरुकाे मन विदेश प्रतिकाे माेहका कारण आफ्नै देशमा भरिपूर्ण भएका छैनन्। न त दाेष तिम्रो छ, न त दाेष मेराे छ, न त दाेष देशकाे नै छ! दाेष कसकाे छ ?

दाेष केवल साेच र विचारकाे छ। हामी भन्ने गर्छौ देशमा गतिलाे राेजगार छैन, राेजगार भएता पनि मन बुझ्ने परिश्रमकाे फल छैन, अब फल नै छैन भनेर फल दिने बाेटलाई नै छाडेर जानू त भएन नि! तिम्रो जस्ताे सुकै परिवारमा जन्म भएता पनि तिमीलाई तिम्रो परिवारकाे असाध्यै माया लाग्छ चाहे तिमी शिक्षित परिवारमा जन्मिएका छाै वा अशिक्षित परिवारमा अब शिक्षित परिवारमा जन्मिएका बच्चालाई उसकाे घर परिवारले पठनपाठनमा सहयाेग गर्नुहाेला र अशिक्षित परिवारमा जन्मिएका बच्चालाई पठनपाठनमा सहयाेग नगर्नुहाेला, साहेद पढ्नु पर्दैन, पढेर काेही ठुलाे हुँदैन पनि भन्नुहाेला तर तेस्ताे भन्नू भयाे भन्दैमा तिमी तिम्रो परिवारलाई छाडेर अर्काको परिवारलाई आफ्नाे बनाउन चाहन्छाै र ? पक्कै  पनि चाहदैनाैं त्यसैले देशकाे राजनितीक, आर्थिक र सामाजिक हिसाबले देश कमजोर छ भन्दैमा देशलाई छाडेर जानु त याे तिम्रो मुर्खता र अज्ञानता हाे। एउटा व्यक्ति जसलाई नेपाली भाषा राम्राेसँग उच्चारण गर्न र लेख्न, पढ्न आउदैन, त्यो व्यक्ति देश बचाउ अभियानमा हिडिरहेकाे छ !

उ भन्छ,  “My name is XYZ. I was born in Nepal. Nepal is a landlocked country with highly diverse and rich geography, cultural and religions.” जाे व्यक्ति देश बचाउ अभियानमा आफु र आफ्नो देशकाे बारेमा दुई शब्द बाेल्दा आफ्नै देशका मानिसहरुसँग अर्काकाे देशकाे भाषालाई बडि महत्त्व दिन्छ, त्यस्ता व्यक्तिले कसरी देशमा परिवर्तन ल्याउन सक्छन्। देशकाे स्थिति गतिलाे छैन भन्छाैं तर यस्ताे स्थिति बनाउने तिमी-हामी नै हाैं तर यस्ताे कहिल्यै साेच्दैनाैँ। देशका युवाहरु भन्छन्,

नेपालकाे शैक्षिक गुणस्तर राम्रो छैन त्यसैले हामी  विदेश जान्छु भन्छाैं तर याे कहिल्यै साेच्दैनाैं कि हामी देशका कर्णधार मिलेर अब शैक्षिक गुणस्तर सुधार्छाैं। सामाजिक सञ्जालमा देखेकाे थिए, एउटी ४० देखि ५० वर्षकाे बिचकी शिक्षिकाले अङ्ग्रेजी विषय पढाउँदा धेरै  मानिसहरुले व्यङ्ग्य हानेका थिए तर कसैले याे साेचेनन् कि यस्ताे किन भइरहेकाे छ? साेच्नुहाेस् शिक्षक हुन कति गुणस्तरीय शिक्षाकाे आवश्यकता छ, १२ सकेका विध्यार्थी देखि डिग्री हासिल गरेका सम्म विदेशी न गएपछि नेपालकाे शैक्षिक गुणस्तर कस्ताे हाेला? शिक्षिकाकाे व्यङ्ग्य गर्न सजिलाे भए जस्ताे देशकाे स्थितिकाे सुधार गर्न त्यति सजिलाे छैन।देश बचाउ भनेर हाेइन काम गरेर देखाउ।

Show More

Related Articles

Back to top button