राज्यले अपाङ्गता भएका ब्यक्तिलाई एक बोझको रूपमा लिएको छ

दीपक भण्डारी

राज्यले अपाङ्गता भएका ब्यक्तिलाई एक बोझको रूपमा लिएको छ उनिहरूलाई केही सामाजिक सुरक्षाभत्ता दिएर आफ्नो दाइत्व पुरागरेको ठानेको छ त्यो गलत हो । राज्यले आफैंले नियमावलीमा लेखेको सुबिधा त अपाङ्गता भएका ब्यक्तिलाई दिएकोछैन भने अरूत परकोकुरा !

त्यसैलेअपाङ्गता भएका पिडितको भोगाइको अवस्था र समस्याको अनुसन्धान गरि उनीहरुको अनुभवबाट निस्केका आधारभुत आबस्यकतालाइ आधारमानी ब्यक्तिमा रहेको सिमिततालाई सहजीकरण हुनेगरि सरकारी स्तरबाटै यश बिषयको दिर्घकालिन समाधानको कार्ययोजना बनाउन आबस्यक छ । अपाङ्गता भएका ब्यक्तिकालागी राज्यले कि त ब्यवस्थित भौतिक संरचना सहित परिवार वा स्थानीय समुदायमा पुनर्स्थापना गर्नुपर्छ कित अपाङ्गता भएका ब्यक्तिहरूमा केन्द्रित रहि बस्ती सामुहिक वस्ती ब्यवस्थापन गर्नुपर्छ र साथसाथै सुबिधा सम्पन्न सामुहिक बासस्थान (सरकारी आवास) बनाई ब्यवस्थापन गर्नुपर्छ । तर यसलाइ पहल गर्ने कसले ? राजनीतिक दल , स्थानीय समुदाय , पीडित स्वयं वा राज्य संयन्त्र कसले ?

यसैकारण अपाङ्गता भएका साथीहरूको पुनर्स्थापना कार्यमा राज्य वा मित्रजनहरूले साथदिएमा सामुहिक आवासलाई उदाहरणिए कर्मथलो बनाउने मेरो चाहाना हो । कुनै एक कुरामा कमजोरी भएको ब्यक्ती अर्को कुरामा बढी राम्रो हुनसक्छ । त्यसैले हरेक ब्यक्तिलाई सुहाउँदो अवसर मिल्नुपर्छ ।

राज्यले राज्य मार्फत अपाङ्गता भएका ब्यक्तिकोलागी सेवा सुबिधा सम्पन्न आवासको ब्यवस्था मिलाउन पहल गरौं, सामुहिक आवासको ब्यवस्था राज्यले आफैंमा गौरव गर्ने स्थल पनि बन्नसक्छ । हमीले निर्माणगर्ने आवासको भौतिक योजना, आन्तरिक कार्यबिधि, प्राविधिक र स्थलगत कार्य ब्यवस्थापन शैलि र सोचमा आवासको प्रतिफल निर्भर गर्दछ।

शारीरिक अङ्ग, प्रणाली वा इन्द्रियहरूमा कमजोरी भएका ब्यक्तिहरूलाई कुन शब्दले बोलाउन वा परिभाषित गर्न यथार्थमा उपयुक्त (आबस्यक) होला । सत्य र यथार्थ नलुकाउने हो भने साधारणतया मानिसमा हुने सामान्य अबस्था भन्दा फरक किसिमले सरिरको कुनै पनि अङ्ग वा इन्द्रियमा जन्मजातै वा जिवन जिउदै जादा देखापर्ने दिर्घकालिन (मृत्यु नहुदासम्म रहने) कमजोरी पनलाइ वा असहज अबस्थालाई बुझ्नुपर्छ । यि क्षणहरू सामान्य देखि भयंकर जटिल अबस्था सम्मको हुनसक्छन् । हरेक अशक्त पनको पीडा आफुमा सार्हैनै पिडादायी हुन्छ । यो पिडाको अबस्था भोगेका पिडितको भोगाइ बाट जटिलताको अबस्था र समस्याको जानकारि साथसाथै अनुभब र आबस्यकतालाइ आधारमानी अपाङ्गताको तह निर्धारण गरि सरकारी स्तरमै यश बिषयको दिर्घकालिन कार्ययोजना बनाउन आबस्यक छ ।

यस बिसयमा पहल गर्ने कसले ? राजनीतिक दल , स्थानीय समुदाय , पीडित स्वयं वा राज्य संयन्त्र कसले ?

सबलले सरह जीवन यापन गर्न नसक्नुनै कमजोरी पना हो । कुनै एक क्षेत्रमा कमजोरी भएको ब्यक्ती अर्को क्षेत्रमा बढी राम्रो हुनसक्छ । हरेक ब्यक्तिलाई अवसर मिल्नुपर्यो , घृणा र तिरस्कारको नाउँ वा पद होईन । मानव सरिरको कमजोर क्षेत्र, भाग वा स्थान बिसेषको सम्बोधन गरि कमजोरी पनको आधारमा शारीरिक अशक्त अबस्थाको तह छुट्याउनु पर्दछ

मानिसमा असहजता उत्पन्न हुने अवस्थाहरू आँखा कम देख्नु, कान कम सुन्नु, बोली भकभकाउनु, घुडा जोडिनु, सरिरको अङ्ग बाङ्गो हुनु, ठुलो चोट या खत हुनु, मुटु फोक्सो मांसपेसी संबन्धी कमजोरी, मानसिक कमजोरी, आँखा नदेख्नु , कान नसुन्नु, मानशिक चेत नहुनु, सरिरको कुनै अङ्ग नचल्नु, बोल्न नसक्नु, शरिरको कुनैपनी अङ्गको हुनुपर्ने बिकास नहुनु, मासुमा डिस्थ्रेपी हुनु, दिशा पिसाब आएको थाहा नहुनु, विभिन्न कारण बाट हुने पक्षघात , हड्डी भाच्चिनु , कुनै अङ्ग नहुनु टुट्नु फुट्नु आदि धेरै प्रकारका छन् ।

श्रेणी छुट्याउदा शरीरमा भएको क्षेतिको कारण जीवनमा भोग्नुपरेको असहज अवस्थालाई बिशेश ध्यान दिनुपर्छ । साथसाथै स्वयं अपाङ्गता भएको ब्यक्ति आफुले गरिरहेको कार्यको चेतना आफुलाई हुने नहुने कुरालाई पनि बिशेश ध्यानमा राख्नुपर्छ । राज्यले अपाङ्गता भएका ब्यक्तिलाई अपाङ्गताको श्रेणिको आधारमा भत्ता दिने होईनकी ब्यक्तिलाई अपाङ्गताको कारण आफुलाई भएको असहजताको आधारमा आवस्यक सेवा, सुबिधा र अवसर प्रदानगरी संरक्षण गर्नुपर्दछ ।

त्यसैले अपाङ्गताको अवस्थाको बारेमा झट्टहेर्दा सामान्य जानकारी होसभन्ने हेतुले तल लेखिएको आधारमा कार्ड प्रदानगरी यसरी (४-५वर्ग) भागमा छुट्याऔँ तर पीडितलाई सेवा, सुबिधा र अवसर प्रदान गर्ने बेलामा यी वर्गभित्र पनी हरेक ब्यक्तिको अनेकौं अवस्थालाई संवेदनशील तवरले ध्यान दिनुपर्दछ र सोही अनुसारको सेवा, सुबिधा र अवसर प्रदान गर्नुपर्दछ ।

१, दुबै हात दुबै खुट्टा नचल्ने कुनैचेतना नहुने र आफै खाना पानी खान नसक्ने ! आफुले साधारण कार्य पनि गर्न नसक्ने सुत्ने ओल्टो कोल्टो पर्ने कन्याउने आदि।

२, मानसिक बौधिक अर्धचेत भएका, वा धेरै अंगमा पुर्णक्षेती भएका (कान पनि नसुन्ने आँखा पनि नदेख्ने, आँखा नदेख्ने बोल्न नसक्ने जस्ता दोहोरो अंगमा क्षेती भएका)

३, दुबै हात नचल्ने खुट्टाले कामगर्ने, दुबै खुट्टा नचल्ने हातले कामगर्ने, दुबै आँखा पुर्णरुपले नदेख्ने दिशा पिसाब थाहा नहुने ।

४, पुरै काननसुन्ने, बोल्न नसक्ने,एक हात नहुने, एक खुट्टा नहुने !

५, अरु बाकिरहेका सबै किसिमका अपाङ्गता भएका ब्यक्ती !

माथिको सामान्यतया यो मेरो एक्लो सोच र बिबेकले छुट्याउदा ! यसलाइ अझ ४-५ जनाको बिबेकशिल समूह बसि मुल्यांकन गर्नुपर्दछ ! अब अझ एउटा कुरा माथी मेरो बिचारले कमजोर अबस्थालाई अपाङ्गता भने तर त्यसको बारेमा पनि प्रस्ट पार्नु पर्छ ।
राष्ट्रमा नागरिक हकको आधारमा सेवा, सुबिधा, अधिकार र कर्तब्यको बिषयलाइ बिवाद नहुनेगरी स्पष्ट बनाउनु पर्छ ।

अपाङ्गता भएका ब्यक्तिको लागि किन सामुहिक आवासको आवश्यक छ त ? बातचीतको बेलामा प्रसंगबस जसले जे भनेता पनि अपाङ्गता भएका ब्यक्तिको दिन चर्याको यथार्थता अलग्गै हुन्छ । अपाङ्गता भएको ब्यक्तिको सोचमा आफ्नो घर परिवार भित्रको आन्तरिक कुरा बाहिर ल्याएर कसैले केही गरिदिने होईन, बरू उल्टो परिवार भित्रबाट अरु अपहेलित भइन्छकी भन्ने डर हुन्छ। त्यसैले अपाङ्गता भएका ब्यक्तिले आफुमाथी भएको दु:ख, पीडा, शोषण, अफ्ट्यारो, ईच्छा, चाहाना र आफ्ना आवस्यकताका सबैकुरा खुलेर कसैलाई पनि भनेको हुदैन।

अपाङ्गता भएको ब्यक्तिले जति स्याहार, सुबिधा, माया, ममता र स्नेह पाउनुपर्ने हो त्यति पाएको हुदैनन् भन्ने कुरा तलको प्रसंगले प्रष्ट पार्छ । अब सम्झौं यथार्थमा हुने यस्तोनै हो अझ यो भन्दा बढी अपहेलित हुनुपरेको हुन्छ उदाहरणकोलागी सोचौँ यो अब लेखिने कुरालाई ।
आफुलाई जन्म दिने बाबू आमालाई त बुढाबुढी भएपछी झ्याउ मानेर छोरा बुहारीले आश्रममा राख्छन भने, आफ्नो दाजु, भाइ, दिदि, बहिनि, काका, काकी, ठुलोबा, ठुलिआमा आदि नाता पर्नेको दिशा, पिसाब, स्याहार संभार गरेर खुशीसाथ घरमा माया र स्नेहका साथ कसैले राख्लान ? कदापी राख्दैनन् । राखेमा अपवाद हुनेछ त्योपनी देख्न र सुन्न पाइयोस् ।

अपाङ्गता भएको ब्यक्तिलाई रेखदेख गर्नु भनेको जो कुनै परिवारको लागिपनी बाध्यता हो । यसैकारण बाहिरबाट भन्दा अपाङ्गता भएका ब्यक्तिको हेरचाह गर्ने जिम्मेवारी परिवारको हो भनिन्छ । तर यथार्थमा भन्दा जिम्मेवारी परिवारको मात्र हो भन्नू हुदैन म स्वंय एक अतिअशक्त अपाङ्गता भएको ब्यक्तिले यो कुरा भनिरहेको छु ।
किनकी जस्तो सुकै इमानदार र संस्कारी परिवार भएतापनी जीवन भर चौबीसै घण्टा हेरचाह गर्नुपर्ने अशक्त घरमा भएपछि झर्को मान्छन्, यो कुरा सोभाबिक पनि हो । यो कुरा आफैँलाई समस्या परेको हो भन्ने सम्झेर सोच्नुहोस् जो कोहिलाई पनि प्रष्ट ज्ञान हुन्छ।

हामी अपाङ्गता भएका ब्यक्तिहरूलाई कसरी सहज, सुरक्षित, आत्मसन्तुष्ट, सक्दासम्म आत्मनिर्भर, स्वाबलम्भी र मानसिक रूपमा खुशी रहने सक्ने अवस्थामा सामुहिक ब्यवस्थापन गर्न कसरी सकिन्छ भन्ने बिषयमा केही महत्वपुर्ण जानकारी पनि गराउन चाहान्छु । तर यश कार्यको अभिभावक स्वयम् राज्यनै हुनुपर्दछ कुनै संघ, संस्था, संगठन इत्यादिलाई दिएर वा सुम्पेर हुदैन ।

सबल मानिस सरह अपाङ्गता भएका हरेक नागरिकहरूलाई अवस्था सुहाउँदो शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद साथै विभिन्न मनोरञ्जनका अवसर प्रदान गर्नु राज्यको दाइत्व हो । भने अपाङ्गता भएका ब्यक्तिले पनि आफुले सकेको जानेको बुझेको श्रम सीप र बुद्धिको प्रयोग गरि राष्ट्र निर्माणमा टेवा पुर्‍याउनु आफ्नो कर्तव्य हो भन्ने सम्झनुपर्दछ । यी दुबै भुमिका निर्वाह गर्नकालागी सबैभन्दा सहज र सुहाउँदो स्थान वा बाताबरण भनेको सामुहिक ब्यबस्थित अपाङ्गमैत्री बस्ती वा सामुहिक आवास हो ।

हामीले निर्माण गर्ने सामुहिक बस्ती वा सामुहिक आवास कोलाहल मुक्त, गाउँ बस्तीको नजीक सामाजिक परिवेशमा घुलमिल भएको ठाउँमा हुनुपर्छ । यसका धेरै सकारात्मक पक्षहरू छन् । तर अहिलेका मानिसको सोचमा आवास वा आश्रयस्थल भनेपछि एक्लो ठाउँमा हुनुपर्छ भन्ने छ तर यो सोच गलत हो । आवास निर्माण गर्दा कहिल्यै पनि एकान्त वा एक्लो स्थानमा बनाउनु हुदैन । मानवलाई जस्तोसुकै अवस्थामा भएतापनि मानवीय हेलमेल भैरहने ठाउँमानै रहनेसक्ने गरि वातावरण मिलाई ब्यवस्थापन गर्नुपर्छ ।

सामुहिक आवासको ब्यवस्था भएमा अपाङ्गता भएका ब्यक्तिलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई सहज हुन्छ र अपङ्गता भएका ब्यक्तिहरूले सुबिधा प्राप्त गर्ने अवसर पाउनपनि सहज हुन्छ । अपाङ्गताका साह्रैनै जटिल अवस्थाहरू पनि हुने भएकाले ती मध्येमा सहयोगी बिना एक्लै छाड्नै नमिल्ने अवस्था भएकाहरू पनि हुन्छन् । त्यस्तो अबस्थाको बारेमा वर्गीकरण बाटनै जानकारी भएको छ । सो अवस्था र अवस्था अनुसारको सेवा सुबिधाको बारेमा सामान्यतया राज्यको अपाङ्गता नियमावलीमा उल्लेख गरिएको छ । तर त्याहा सामुहिक बस्ती ब्यवस्थापन र सामुहिक आवास निर्माणको अवधारणा समावेश गरिएको छैन, नीतिमा बस्ती ब्यवस्थापन र सामुहिक आवासको बिषय समावेस गर्नु अत्यावश्यक छ ।

सामुहिक बस्ती ब्यवस्थापन कार्यले अपाङ्गता भएका ब्यक्ती र उनीहरुको परिवारका सदस्यलाई यातायात, शिक्षा, स्वास्थ्य, सामाजिक परामर्श जस्ता सेवा सुबिधा उपलब्ध गराउन सरकारलाई सहजताको वातावरण सृजना गर्छ । सामुहिक आवासले सहयोगी बिना बाच्नै नसक्नेकालागी राज्यले सहयोगी सेवा लगाएत अन्यसेवा उपलब्ध गराउन र स्वयं पीडितको दैनिक जीवनयापनमा सहजता सृजना गर्छ ।

हाम्रो राज्यको अपाङ्गता नियमावलीमा लेखिएको सेवा सुबिधाको ब्यवस्था अनुसारको कुरा गर्नेहो भने अति अशक्त अपाङ्गताको अवस्था अनुसार सुसारे ब्यवस्था गर्ने वा परिवारलाई खर्च उपलब्ध गराउने भन्ने छ तर यसो गर्दा राज्यलाई ठुलो भारपनी पर्ने र धेरैजसो अबस्थामा असक्तले सुबिधा नपाउने हुनसक्छ । तर अहिलेसम्म त्यसरी सेवा सुबिधा उपलब्ध भएको गराएको अवस्था पनि छैन ।

सबै अवस्थाका अपाङ्गता भएका ब्यक्तिलाई सामान्यतया राज्यबाट छुट्याइएको रकम विभिन्न संघ संस्था मार्फत खर्छ गरेको छ तर यथार्थमा सेवा सुबिधा पाउनुपर्ने पिडितले सेवा सुबिधा नपाएको अवस्था छ । सामुहिक आवासको ब्यवस्था भएमा त्यहाको हरेक कर्मचारी, सुसारे, सहयोगी तलबमा राखिने हुनाले असक्तले पाउनुपर्ने स्याहार पुर्ण रुपमा पाउछन् साथै स्वास्थ्य शिक्षा रोजगारिको अवस्था सिर्जना गर्नपनी सजिलो हुन्छ ।

जस्तै= अपाङ्गता भएका ब्यक्तिहरूको जिबिका चलाउनका लागि अत्यावश्यक ब्यक्तिगत सहयोगी, औषधि जन्य सामाग्री, लठ्ठी, एयरफोन, बैसाकी, चस्मा, प्याड, क्याथेटर, युरिन ब्याग, जेल्ली, ट्वाइलेट पेपर, CIC पाइप, पन्जा, डिटोल, बेटाडिन, डिस्टिलरी पानी, डाइपर, प्रेसर रिलिफ कुसन आदि औषधि लगाएत सुत्ने बेड (आबशकता अनुसार AIR JELLY वा सामान्य म्याट) आबस्यक अनुसार स्वास्थसेवा (स्वास्थ्य सेवा अति आबस्यक छ र सामुहिक आवास बिना संभब छैन किनकी ओछ्यानमा सुतिरहनु पर्ने अवस्था भएका अपाङ्ग ब्यक्तिको ठूलो सत्रु बेडसोर हो ) व्हीलचियर आदि इत्यादी यी सबैकुरा उपलब्ध गराउन सहजहुन्छ ।

साथै उनिहरूलाई आवश्यक पर्ने फिजियो थेरापी सम्बन्धि सामाग्री, फिजियो थेरापिस्ट, सामाजिक परामर्श साथै परामर्शदाता, दैनिक आवस्यक पर्ने स्वास्थ्य सेवा, स्वास्थ्य सामाग्री, मनोरञ्जनको लागी खेलकुदका भौतिक संरचना निर्माण, स्वाबलम्वन बन्नकालागी विभिन्न कार्य, सञ्चार र समाचारका लागि टिभी रेडियो ईन्टरनेट, चलफिरको लागी भौतिक संरचना आदि आदि धेरैकुरा निर्माण गर्न र उपभोग गर्ने अवसर प्राप्त गराउनको लागिपनी सामुहिक बस्ती वा सामुहिक आवास लाभदायक र अत्यावश्यक छ । जसको कारण रकमपनी विभिन्न संस्थाको माध्यम बाट नभै सोझै राज्यको निगरानीमा सम्बन्धित क्षेत्रमा सदुपयोग गर्न गराउन सहज हुन्छ ।

यीनै माथी उल्लेखित कुराहरू ब्यक्तिगत रूपमा उपलब्ध गराउदा कतिपय कुराहरू असम्भव र झन्झटिलो साथै कति कुराहरू अनावश्यक पनि देखिन्छन् भने सामुहिक रुपमा ब्यवस्था मिलाई उपलब्ध गराउदा अपरिहार्य र जीवन उपयोगी ठहरिन्छन् । आवासमा रहने समुदायलाई विभिन्न बिषयको तालिम दिएर आवासलाई उनिहरूको कर्मथलो पनि बनाउन सकिन्छ । अपाङ्गताको अबस्था र उनिहरूको सारिरिक र बौद्धिक क्षमताको आधारमा उनिहरूको रुचि अनुसारको तालिम दिने, उद्यमकालागी भौतिक संरचना निर्माण गर्ने र उनिहरूलाई सुहाउँदो अवसर प्रदान गर्ने ।

जस्तै:- आफैंमा आत्मनिर्भर रहनकालागि आवास भित्र यसप्रकार कामको ब्यवस्थापन गर्नुपर्छ । मैन बत्ती, अगार बत्ती, कपास वा उनका बत्ती, तरकारी खेती, पशु पन्क्षी पालन आदि धेरै काम गर्न सकिन्छ । साथै मुढाबुन्ने, विभिन्न किसिमका खेराजाने सामाग्री बाट सजावटका सामाग्री बनाउने कार्यगर्न सकिन्छ । बौद्धिक क्षमता भएकाहरूलाई कुनै कार्यक्रम सम्बन्धि योजना निर्माण गर्ने, विभिन्न अभिलेख राख्ने, अन्य अफिसियल कार्यहरू प्रविधिको माध्यमबाट हुनेकार्यहरू लगाएत अरु धेरै कामहरू गर्न गराउन सकिन्छ । सामुदायको अवस्था हेरि विभिन्न किसिमको पसल, बत्ती, पानी, नेट, मोबाइल आदि कुराको बिल भुक्तानी गर्ने ठाउँ, जस्ता धेरै कुराको ब्यापार गर्ने ब्यवस्था पनि गर्न सकिन्छ ।

अनुकुलता अनुसार सिलाइ बुनाईको तालिम दिने सिलाईमा दक्ष बनाएमा आवास भित्रका सबैकालागी पोषाक आवास भित्रनै तयार बनाउन सकिने भयो। सालको पातका दुनाटपरी लगाउने ब्यवस्था र बिक्रीको प्रवन्ध मिलाउने, कम्तिमा पनि आवासलाई दैनिक आवस्यक पर्ने तरकारी खेती गर्ने ब्यवस्था मिलाउने, साथै उत्सुकता, आवश्यकता र सहजता अनुसार यस्ता कार्यलाई थपघट गर्दै लैजाने, तरकारी खेतिमा च्याउ खेती गर्दा अलिक बढी आम्दानी हुने र कामगर्न सहजपनि हुन्छ । कामको किसिम रुचि अनुसार र सम्भावना अनुसार छनौट गर्नुपर्दछ ।

दुधकोलागी गाई पालनको ब्यवस्था गर्ने, सम्भावना रहेमा बाहिर बजारमा बिक्रि गर्ने गरि दूध उत्पादन गर्ने, गाई पाल्नाले तरकारीको लागि आवश्यक पर्ने मल र बिषादीको पनि ब्यवस्था हुन्छ। मासु जन्ने चिजकोलागी पन्क्षी पालन हास कुखुरा आदिको ब्यवस्था मिलाउने अनि अपाङ्ग्ता भएका ब्यक्तिहरूको रुचि र अनुकुलता अनुसार कार्य बिभाजन गरि पारिश्रमिक निर्धारण गर्ने, यसरी ब्यवस्थापन गरि अरु धेरै काम गर्न सकिन्छ ।

बासको चोयाबाट बसेरनै विभिन्न सामाग्री डोका, छत्री, डाला, कोठा, स्याखु आदि निर्माण गर्नसकिन्छ । बासको सिन्काबाट मुढाबुन्ने काम गर्न सकिन्छ, दात कोट्याउने सिन्का बनाउन सकिन्छ । त्यस्तै खेराजाने कागज, प्लास्टिक, टल्कने झिलझिले बाट विभिन्न सामाग्री जस्तै :- मन्जन ब्रस राख्ने डाली, मोबाइल राख्ने स्ट्यान्ड र अन्य विभिन्न सजावटका फुल र विभिन्न आकृतिका सामाग्री बनाउने कार्यगर्न सकिन्छ ।

बौद्धिक क्षमता भएकाहरूलाई उनिहरूको क्षमता अनुसारको कुनै कार्यक्रम सम्बन्धि योजना निर्माण गर्न लगाउने, कथा कबिता लेख रचना लेख्न लगाउने, विभिन्न कार्यक्रम र योजनाहरूको अभिलेख राख्ने कार्यहरू गर्ने अवसर प्रधान गर्न सकिन्छ । अहिलेको जस्तो प्रविधिको युगमा एकै ठाउँमा बसेर आफ्नो क्षमता अनुसार्का धेरै काम गर्न सकिन्छ । साथै अन्य प्रविधिको माध्यमबाट हुनेकार्यहरू गर्न गराउन सकिन्छ । जस्तै सामुदायको अवस्था हेरि विभिन्न किसिमको पसल संचालन गर्न सकिन्छ।

यी माथिका सबैकुरा सुरूवात गरेपछी ब्यवस्थापन, बिस्तार र सुदृढ गराउदै लैजानु पर्दछ । मान्छेको सोचाईमा पर्नसक्ला अपाङ्गता भएका ब्यक्तिको लागि आवास निर्माण गर्ने र त्याहा राख्ने र बस्ने भनेपछी उनिहरूलाई परिवार, समाज वा समुदाय बाट अलग्याउनु हो या अलग्गिनु हो । तर यस्तो भन्नू या सोच्नु संक्रीण मानसिकता हो ।

म आवास निर्माणमा पक्षमा जोड त्यो कारणले दिदैछु आवास हामी अपाङ्गता भएका ब्यक्तिकालागी कर्मथलो बनोस् साथै घरमा बस्दा नपाउने सेवा, सुबिधा, शिक्षा, स्वास्थ्य आदिको अवसर प्राप्तगर्ने स्थान बनोस् र सिर ठाडो बनाएर भन्न बोल्न सकियोस् । म आवास भित्रै रहेदा ज्यादैनै खुशी छु । म आवास भित्रै रहेर आफुले सक्ने यस्तो काम गर्छु र महिनामा यतिसम्म आम्दानी गर्ने गर्छु । आफ्ना हरेक आवस्यता पूरागरि घर परिवारको लागी पनि केही जगेर्ना गर्छु र राष्ट्रकोलागि पनि एक नागरिकको कर्तव्य पूरा गर्ने मौका पाएको छु।

कहिले काहीँ समय मिलाएर घर परिवार लाई भेट्न जान्छु ( गलत अर्थ नलागोस सारिरिक अवस्थाले घर जाने आउने संभावना भएका साथिको हकमा) । ल कल्पना गर्नुहोस् त त्यो समयलाई ! यी सबै कुराको ब्यवस्था भएमा कति उत्तम र ब्यवस्थित होला हामी अपाङ्गता भएका ब्यक्तिहरूको जिवनशैलि ! हामी सवलनै रहेको अवस्थामा पनि त सधै घरमा नै बस्ने थिएनौं कामगर्ने शिलसिलामा देश बिदेस पुग्दथौं । त्यसरी नै हामी अपाङ्गता भएका ब्यत्तिले आवासलाई कर्म र कर्तव्य निर्वाहा गर्ने थलो बनाउन र सम्झन सक्ने अवसर पाउने छौं । यसले पक्कै पनि राष्ट्रको गौरब पनि बढाउने छ र अपाङ्गता भएकाको जीवन यापनमा सहजता साथै खुशी ल्याउने छ । त्यसैले सामुहिक आवास अत्यावश्यक छ ।

त्यसैले अपाङ्गता भएका पिडितको भोगाइको अवस्था र त्यसबाट उत्पन्न समस्याको अनुसन्धान गरि उनीहरुको अनुभवबाट निस्केका आधारभुत आबस्यकतालाइ आधारमानी ब्यक्तिमा रहेको सिमिततालाई सहजीकरण हुनेगरि सरकारी स्तरबाटै यश बिषयको दिर्घकालिन समाधानको कार्ययोजना बनाउन आबस्यक छ । सर्वप्रथम त्यसकोलागी अपाङ्गता भएका ब्यक्तिको पहिचान गर्न जरुरी हुन्छ ।
१, अपाङ्गता भएको ब्यक्तिको सिमितताको अवस्था
२, अपाङ्गता भएको ब्यक्तिको रुचि
३, अपाङ्गता भएको ब्यक्तिसँग भएको दक्षता
४, अपाङ्गता भएको ब्यक्तिको पारिवारिक अवस्था
५, अपाङ्गता भएको ब्यक्तिको आर्थिक अवस्था

कार्य संचालन गर्दा ख्याल कुराहरूमा ध्यान राख्नुपर्छ ।
१, अपाङ्गताको नाउमा आरक्षण कोटाको दुरुपयोग भएकोत छैन
२, पहुँच र पाओरको आधारमा सेवा सुबिधाको दुरुपयोग भएकोत छैन
३, राजनीतिक आस्थाको आधारमा अनेकौं पदमा नियुक्ति दिइएकोत छैन
४, सम्बन्धित सरोकारवाला क्षेत्रको पदमा नियुत्त ब्यक्तिमा अन्य साथिको पिडाको महसुस गर्नसक्ने संवेदनशीलता कत्तिकोछ

अपाङ्गता भएका ब्यक्तिहरूकोलागि निम्न बमोजिमको नीति बनाउन उपयुक्त हुन्छ ।
१, आवस्यकता अनुसार अपाङ्गता पुनर्स्थापना केन्द्र स्थापनागरी अपाङ्गताको अवस्थाको आधारमा अनेकौं सिपमुलक तालिमको सिर्जना गर्ने
२, एकद्वार नीतिलागु गर्नुपर्छ जे सिक्ने इच्छा राख्छ त्यही सिक्ने अवसर दिने र अनिवार्य उत्पादनशील कार्यमा ल्याउनुपर्ने बजार ब्यवस्थापनको जिम्मा राज्यले लिने
३, आवस्यकता अनुसार अपाङ्गता भएकालाई रोजगारी प्रदान गर्ने उदेश्यले रोजगारिको क्षेत्र सुनिश्चित गर्ने
४, आवस्यकता अनुसार अपाङ्गता सामुहिक बस्ती ब्यवस्थापन गर्ने
५, आवस्यकता अनुसार अपाङ्गता सामुहिक आवास निर्माण गर्ने
६, सबैभन्दा महत्त्वपूर्ण कुरा हरेक ब्यक्तिभित्र भएको खुबीको पहिचान गरेर सुहाउँदो अवसर सृजनागरि प्रयोगमा ल्याउनुपर्छ ।

राज्यभित्र जुनसुकै उदेश्यकाबाट नयाँ निर्माण कार्य गरेतापनी (ब्यक्तिगत, सरकारी वा गैरसरकारी) सम्पुर्ण भवनको न्युनतम भुईतल्ला (Ground flower) अपाङ्गमैत्री बनाउनु पर्ने नीति हुनुपर्छ । साथै शिक्षा र स्वास्थ्य सँग सम्बन्धित सबै भवनहरू पुर्णरूपमा अपाङ्गता मैत्रीपुर्ण हुनुपर्छ । त्यस्तै सार्वजनिक बिश्रामस्थल, चौतारी, बाटोघाटो, इत्यादि निर्माण गर्दा अपाङ्गमैत्रीनै हुनुपर्छ ।

राज्यले अपाङ्गता भएका ब्यक्तिहरूको अवस्थाको आधारमा वर्गीकरण, गाउँघर समुदायमा पुनर्स्थापना, सामुहिक बस्ती ब्यवस्थापन वा सामुहिक आवास सहितको दैनिक जीवनयापन सहज हुने भौतिक वातावरणको ब्यवस्थापन गर्ने नीति अवलम्बन गर्नुपर्दछ। त्यसपछि निम्न कुराहरूमा ध्यान दिनुपर्दछ।

क~अपाङ्गता भएका व्यक्तिहरूले स्वतन्त्र र शान्तिपूर्ण रूपमा जिउन सक्ने शान्ति सुरक्षाको ब्यवस्था राज्यले मिलाउनु पर्दछ ।

ख~ राज्यका हरेक स्थानीयतह देखि केन्द्रिय संरचनासम्म अपाङ्गता भएका व्यक्तिहरुको नीतिनिर्माण गर्ने स्थानमा मिल्दासम्म गम्भीर अवस्थाको अपाङ्गता भएको बौद्धिक क्षमतावान ब्यक्तिलाई सहभागि गराउनु पर्दछ ।

ग~राज्यले सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राखी नि:शुल्क स्वास्थ उपचारको व्यवस्था गर्नुपर्दछ ।

घ~राज्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि पुर्णतया नि:शुल्क शिक्षाको ब्यवस्था मिलाउनु पर्दछ। साथै दैनिक गाँस, बाँस, कपासको सुनिश्चितता हुनुपर्दछ ।

ङ~राज्यले हरेक क्षेत्रमा विकासका योजना र भौतिक संरचना निर्माण गर्दा अपाङ्गतामैत्री बनाउनु पर्दछ ।

च~राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि जीवन संचालन गर्न आवश्यक सम्पुर्ण सहायक सामग्रीहरू नि:शुल्क उपलब्ध गराउनु पर्दछ ।

छ~राज्यले अपाङ्गता भएका व्यक्तिहरुका अत्यावश्यक प्रयोजनमा आउने सवारी साधनमा लाग्ने कर पुर्णरूपमा छुट दिनुपर्दछ ।

ज~अपाङ्गता भएका व्यक्तिहरुको गम्भीरता लाई ध्यानमा राखी राज्यले सिमीत भएपनि अपाङ्गतामैत्री साझा यातायात संचालन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।

झ~सार्वजनिक यातायातमा अवस्थाको आधारमा सवै किसिमका अपाङ्गता भएका व्यक्ति, उनीहरुको परिवार र सहयोगीहरूलाई नि:शुल्क आवत जावतको व्यवस्था हुनुपर्दछ ।

ञ~अपाङ्गता भएका व्यक्तिहरू र उनीहरुका वालवालिकाहरुको शिक्षा, स्वास्थ्य, उपचार तथा दैनिक जिबिकोपार्जनलागि राज्य जिम्मेवार हुनुपर्दछ ।

ट~राज्यले अपाङ्गता भएका सम्पुर्ण व्यक्तिहरूकोलागि सीप, योग्यता, क्षमता र प्रतिभाको आधारमा उचित अवसर प्रदान गर्नुपर्दछ ।

ठ~अपाङ्गता भएका ब्यतिकालागी निश्चित प्रतिशतको आधारमा आरक्षणको ब्यवस्था होइन पुर्णरूपमा अभिभावकको भुमिका राज्यले निर्वाह गर्नुपर्दछ ।

अपाङ्गता भएका ब्यक्तिले आफ्नो अवस्था अनुसारको सहायक सामाग्री, भौगोलिक संरचना, सुहाउँदो अवसर र सहयोगी आवस्यक पर्नेकालागी ब्यक्तिगत सहयोगी उपलब्ध भएमा धेरैनै सहजतापुर्ण तरिकाले आफ्नो जीवनयापन गर्न सक्दछन् । यश तर्फ सम्पुर्ण नागरिक समाज र राज्यको ध्यानपुग्न आवस्यक छ ।

पुनश्च: राज्यत अपाङ्गता भएका ब्यक्तिको मात्र होईन देशका सम्पुर्ण नागरिकको अभिभावक हो त्यसैले राज्यमा सबै नागरिकलाई क्षमता अनुसार शिक्षामा निःशुल्क साथै समान अवसरको सुनिश्चित गर्नुपर्दछ । स्वास्थ्य सेवा राज्यका सबै नागरिक लाई पुर्णरूपमा निःशुल्क पहुँचको ब्यवस्था गर्नुपर्दछ । हरेक नागरिकलाई क्षमता अनुसारको उद्यम वा रोजगारको ब्यवस्था राज्यले सृजना गर्नुपर्दछ । राज्यमा उपदान साथै पेन्सन प्रणालीको अन्त गर्नुपर्छ, किनकी नोकरी भनेको श्रम हो; श्रम गर्नेलाई श्रमको ज्याला दिइएको हुन्छ र श्रम गर्न छाडेपछि ज्याला दिइदैन तसर्थ राज्यले दिने सुबिधा सबै नागरिकलाई समान किसिमको हुनुपर्छ । बेरोजगार वा श्रमगर्न नसक्नेहरूकालागी जीवननिर्वाह भत्ताको ब्यवस्था राज्यले गर्नुपर्दछ । जनताको गाँस, बास, कपासको बन्दोबस्त राज्यले गर्नुपर्दछ साथै जनताको योग्यता र क्षमता अनुसार काम लगाउने अधिकार पनि राज्यकोनै हुनुपर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button