गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च तनहुँको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा अधिकारीमा चयन

दमौली खबर संवाददाता
दमौली, भदौ २५ गते ।
गितल प्रतिष्ठान नेपाल तथा नाट्य मञ्च  तनहुँको छैटौं साधारण सभा तथा  तेस्रो अधिबेशन शनिबार दमौलीमा सप्पन्न भएको छ । प्रमुख अतिथि आदिकवि भानुभक्त क्याम्पस दमौलीका क्याम्पस प्रमुख महाप्रसाद हडखले रहनु भएको थियो । अन्य अतिथिहरुमा प्रगतिशील लेखक सघ तनहुँका अध्यक्ष कल्पना पौडेल साहित्यिक ब्यक्तित्वहरु श्रीराम कार्की अचुक,  दधिराज घिमिरे  श्याम गोशेली रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि हडखलेले साहित्य मनिसको जीवन सग जोडीएको र  पछिल्लो समयमा प्रतिष्ठान ले तनहुँमा रहेका विभिन्न प्रतिभाहरुलाइ  ऐना को रूपमा काम गरिरहेको बताउनु भयो । कार्यक्रममा साहित्यिक सर्जकहरु श्रीराम कार्की अचुक, राजु दाहाल, कल्पना घिमिरे ,माधव अधिकारी ,हरिश्चन्द्र वाग्ले, शिव आर्य अन्जना तिमल्सिना, शंकरराज नहर्कीले कार्यक्रममा शुभकामना मन्तव्य राख्नु भएको थियो ।
अधिबेशनले आगामी २ बर्ष को लागि पुन ः आकाश अधिकारीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।  जस अनुसार वरिष्ठ उपाध्यक्षमा दिवाकर भट्टराई उपध्याक्षमा शान्ता बास्तोला, सचिवमा माधवप्रसाद अधिकारी, सह–सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा हरिश्चन्द्र वाग्ले,  र सदस्यहरुमा क्रमश अन्जना तिमल्सिना, शिव आर्य, बन्धुराज अधिकारी, याम प्रसाद सापकोटा र सुदिप पौडेललाई चयन गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button