यस बर्ष पनि तनहँुको डिभिजन वन कार्यालय गण्डकीकै उत्कृष्ट

डिभिजन वन कार्यालय तनहुँ यस वर्ष पनि गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ । पोखरामा प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव कार्यक्रममा प्रदेशभरका डिभिजनमध्ये तनहुँलाई उत्कृष्टका रुपमा गण्डकी प्रदेश सरकारले पुरस्कृत गरेको हो । मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङको उपस्थितीमा प्रदेश प्रमुख अमिक शेरचनले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई नगद २० हजार र प्रमाणपत्रका साथमा पुरस्कृत गरिएको छ ।

कार्यालयको एक वर्षको समग्र व्यवस्थापनका आधारमा डिभिजन वन कार्यालय तनहँुलाई उत्कृष्ट घोषणा गरिएको हो । वन कार्यालयले बढी नर्सरी उत्पादन गरेको र वातावरण संरक्षणमा ठुलो भूमिका गरेको भन्दै सम्मान गरिएको हो । गत वर्ष पनि वन कार्यालय प्रदेश भरिको उत्कुष्ट कार्यालयको रुपमा सम्मान पाएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button